अशोक र टंकको फिल्म ‘मन बिनाको धन’ असोज २१ मा आउने « Khabarhub

अशोक र टंकको फिल्म ‘मन बिनाको धन’ असोज २१ मा आउने


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक टंक बुढाथोकीको निर्देशनमा बनेको फिल्म ‘मन बिनाको धन’ असोज २१ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले शुक्रबार फिल्मको प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

वितरक कम्पनीहरुको सल्लाहमा यसको प्रदर्शन मिति तय भएको निर्माण पक्षले बताएको छ । अहिलेको अवस्थामा असोज २१ लाई प्रदर्शन मिति तोक्ने यो एक्लो फिल्म हो ।

यो मितिबाट सौगात मल्ल स्टारर फिल्म ‘कल्ली’ फागुन १ मा सरेको छ । अर्थात्, ‘मन बिनाको धन’ले सोलो रिलिज पाउने देखिन्छ ।

यस फिल्ममा गायक अशोक दर्जी शीर्ष भूमिकामा छन् । उनीसहित फिल्ममा सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्धि तामाङलगायतको अभिनय रहने बताइएको छ ।

सडकमा गीत गाउने क्रममा भाइरल भएका अशोकलाई टंकले संरक्षणमा काठमाडौंमा पढ्दैछन् । टंक र अशोकको चर्चित गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’बाट यो फिल्मको नाम राखिएको हो ।

सामाजिक विषय बनेको यस फिल्मक कथा टंक बुढाथोकी आफैँले लेखेका हुन् । पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् ।

फिल्मको निर्माता विष्णुमाया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : ०६ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष