गायिका हरिमायाले ल्याइन् मौलिक तीज गीत ‘मधु’ « Khabarhub

गायिका हरिमायाले ल्याइन् मौलिक तीज गीत ‘मधु’


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– गायिका हरिमाया कार्कीको तीज गीत ‘मधु’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको यस गीतमा नेपाली संस्कृति र स्थानीय मौलिकता झल्किने स्थानीय कलाकारहरूको अभिनय रहेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष कार्कीको एकल स्वरमा रहेको ‘मधु’मा संगीत र शब्द रचना पनि आफै गरेकी हुन् । खेमराज गौतमले संगीत एरेन्ज गरेको उक्त गित मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । 

गीतको भिडियोमा समीक्षा सुनार, जानकी पुन, यामनारायण आचार्य, सिर्जना ठकुराठी, चित्रकला खत्री, हरिमाया कार्की, अनमिन जिसी, पावल बलामी मगरलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

गीतको भिडियो सुर्खेतका विभिन्न पर्यटकीय स्थानमा छायाङ्कन गरिएको छ । निर्मल प्याकुरेले निर्देशन र सम्पादन गरेको उक्त भिडियोमा चन्द मन्दिर र हेमन्त नेपालीले नृत्य निर्देशन गरेका छन् । गीतका रचनाकार हरिमाया कार्कीले तीज गीत ‘मधु’ नेपाली हिन्दु महिलाहरूको जीवन भोगाई र अनुभूतिको प्रतिबिम्ब भएको बताइन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ६ : ३८ बजे

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौं– नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको

राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू)

काठमाडौं- विभिन्न मागसहित राइड शेयरिङमा संलग्नहरूले आन्दोलन थालेका छन् ।

पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

काठमाडौं– पक्राउ परेका पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना