गायिका हरिमायाले ल्याइन् मौलिक तीज गीत ‘मधु’ « Khabarhub

गायिका हरिमायाले ल्याइन् मौलिक तीज गीत ‘मधु’


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– गायिका हरिमाया कार्कीको तीज गीत ‘मधु’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको यस गीतमा नेपाली संस्कृति र स्थानीय मौलिकता झल्किने स्थानीय कलाकारहरूको अभिनय रहेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष कार्कीको एकल स्वरमा रहेको ‘मधु’मा संगीत र शब्द रचना पनि आफै गरेकी हुन् । खेमराज गौतमले संगीत एरेन्ज गरेको उक्त गित मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । 

गीतको भिडियोमा समीक्षा सुनार, जानकी पुन, यामनारायण आचार्य, सिर्जना ठकुराठी, चित्रकला खत्री, हरिमाया कार्की, अनमिन जिसी, पावल बलामी मगरलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

गीतको भिडियो सुर्खेतका विभिन्न पर्यटकीय स्थानमा छायाङ्कन गरिएको छ । निर्मल प्याकुरेले निर्देशन र सम्पादन गरेको उक्त भिडियोमा चन्द मन्दिर र हेमन्त नेपालीले नृत्य निर्देशन गरेका छन् । गीतका रचनाकार हरिमाया कार्कीले तीज गीत ‘मधु’ नेपाली हिन्दु महिलाहरूको जीवन भोगाई र अनुभूतिको प्रतिबिम्ब भएको बताइन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ६ : ३८ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै