सम्पर्क टुटेको रसुवागढी नाकामा चीनले रातारात थाल्यो पुन:निर्माण « Khabarhub

सम्पर्क टुटेको रसुवागढी नाकामा चीनले रातारात थाल्यो पुन:निर्माण


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत मंगलबार बिहान तिब्बतस्थित एक हिमताल फुटेर आएको बाढीबाट भएको क्षतिको विवरण नेपालले संकलन गर्दैगर्दा चीनतर्फ रातारात पुन:निर्माण अभियान थालिएको छ ।

तिब्बतस्थित ल्हेन्दे खोलामा आएको बाढीले नेपालतर्फ भोटेकोशीमा पुग्दा भीषण रुप लिएको थियो । बाढीबाट रसुवागढी नाकामा अर्बौँको क्षति भएको छ भने कयौँ मानिसले पनि ज्यान गुमाए । अझै पनि १९ जना मानिसको अत्तोपत्तो छैन । जसमा १२ जना नेपाली र ६ जना चिनियाँसहित छन् ।

नेपालतर्फ कयौँ स्थानमा सडक ध्वस्त भएको छ। उता चीनको केरुङतर्फ पनि बाढीले ठूलो क्षति गरेको खबर आएको छ।

बाढीको कारण बनेको हिमतालबारे अहिलेसम्म ठोस विवरण आइनसकेको अवस्थामा चीनले नेपालतर्फ जोड्ने सडक पुन:निर्माण अभियानलाई तीव्र बनाएको छ।

चीनले बुधबार रातिदेखि नै पुनर्निर्माणका लागि आवश्यक सामग्री जुटाएको हो । उसले बिहीबार रातिदेखि केरुङबाट रसुवागढीसम्म आउने सडक खुलाउने कामलाई तीव्र पारेको छ । बाढीले नेपालतर्फ सम्पर्कको एक मात्रै माध्यम मितेरी पुल बगाइसकेको छ । उक्त पुलको तिब्बततर्फ चीनले डोजर लगाएर सफाइ अभियान थालेको हो।

एकसाथ दर्जनौँ डोज र टिपर परिचालन गरेर भत्किएको सडक मर्मत गर्ने, माटो भर्ने, पानी कटाउने र भत्किएका पर्खाल उठाउने कामलाई चीनले तीव्रताम दिएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले रसुवागढी स्थित मितेरी पुल पुन:र्निर्माणका लागि दुई देशका सरकारबीच समन्वय भइरहेको बताए ।

बाढीले पुरानो पक्की पुल बगाएपछि नयाँ संरचनाका रुपमा बेलिब्रिजका लागि समन्वय भइरहेको उनले बताए । चीन सरकारका प्राविधिक टोलीले पुल आसपासको क्षेत्रबाट माटो, ढुङ्गा लगायत अवरोध हटाउन थालिसकेका छन् ।

पुल निर्माणको प्राविधिक विवरण र कार्ययोजनाबारे छलफल भइरहेको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन्। उनका अनुसार बेलिब्रिज लगाउने विषयमा उत्तरी छिमेकीसँग संघीय सरकारले पनि समन्वय गरिरहेको खबर आएको छ ।

चीनले रसुवागढी जोड्ने तिब्बततर्फको नाकाङ जिलोङ्ग भन्ने गरेको छ । जिलोङ्ग पोर्ट, केरू नाकामा बाढीले गरेको अवरोध हटाउन डोजर अन्य सामानसहित ५० भन्दा चिनियाँ प्राविधिक र मजदुर चीनतर्फ खटिएका छन् ।

रसुवागढीस्थित एकजना स्थानीय छिरिङ शेर्पाले मितेरी पुल बगाएको स्थानमा चीनले डोजर लगाएर सफाइ थालेको छ । उतातर्फ चीनले रातारात माटो र ढुंगाको थुप्रो पन्छाएर सडक निकाल्ने काम गरिरहेको उनले बताए ।

उनका अनुसार नेपालतिर पनि बाढीले ल्याएको लेदो, माटो र ढुंगाले पुरिएका गाडी तथा अन्य सामान पन्छाउने कामलाई अघी बढाइएको छ । स्थानीबासी र मजदुरसमेत लगाएर पुरिएका सामान निकाल्ने काम भइरहेको उनले बताए ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : १७ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण