ट्रम्पले भने, ‘घर नभएकाहरू’लाई राजधानी वासिङ्टन डिसीमा ठाउँ छैन’ « Khabarhub

ट्रम्पले भने, ‘घर नभएकाहरू’लाई राजधानी वासिङ्टन डिसीमा ठाउँ छैन’


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घरबारविहीनहरूले राजधानी सहर वासिङ्टन डिसी छाड्नु पर्ने बताएका छन् ।

वासिङनका मेयरले भने ट्रम्पले राखेको यस विषयमा सहमति जनाएका छैनन् । ट्रम्पले उनीहरूलाई राजधानी भन्दा पर कतै बसोबासको व्यवस्था मिलाइदिने बताएका छन् ।

सोमबार राष्ट्रपति ट्रम्पले राजधानी सहरलाई कसरी सफा र सुरक्षित राख्ने भन्ने विषयमा छलफल गर्ने छन् । मेयर मायुरी बोजरले भने घरबार विहीनहरू अपराधमा संलग्न नरहेको बताए ।

वासिङ्टनको सडक सफा बनाउन राष्ट्रपति ट्रम्पले एक निर्णयमा हस्ताक्षर गरेका थिए । उक्त निर्णयमा सडक छेउमा रहेका पाल हटाउन सकिने विषय उल्लेख थियो ।

‘होमलेसहरुले तत्काल सहर छाड्नु पर्छ,’ ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेखेका थिए । उनले आपराधिक गतिविधिमा संलग्न हुने हरूलाई जेल चलान गर्ने समेत बताएका छन् ।

शुक्रवार मात्रै ट्रम्पले य्एस पार्क पुलिस, द ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन, एफबिआई र युएस मार्सल सर्भिसका अधिकारीसँग बैठक गर्दै राजधानी सहरमा अपराध बढ्दै गएको कुरा उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ९ : ३१ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले