मस्तिष्कको चोटले जापानी मुक्केबाजको निधन « Khabarhub

मस्तिष्कको चोटले जापानी मुक्केबाजको निधन


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

टोकियो – टोकियोमा भएको बक्सिङ भिडन्तमा घाइते भएका २८ वर्षीय हिरोसिमा उराकावाको आइतबार मृत्यु भएको छ। अगस्ट २ मा भएको भिडन्तको क्रममा उनको मस्तिष्कमा चोट लागेको हो। सोही इभेन्टमा सहभागी भएका सिगेतोसी कोतारीको शुक्रबार मृत्यु भएको थियो। यी दुवै मुक्केबाजको मस्तिष्कमा रक्तसञ्चार बन्द भएर मृत्यु भएको हो।

डब्लुबिओले विज्ञप्ति जारी गर्दै उराकावोले मृत्युको खबरले स्तब्ध भएको जनाएको छ। या घटनापछि जापानी बक्सिङ कमिसनले ओरियन्टल र प्यासिफिक बक्सिङ फेडेरेसनका सबै बाउट १२ को साटो १० राउन्डको मात्र गर्ने निर्णय गरेको छ।

जेबिसीले यसको छानबिन गर्न तथा सेप्टेम्बरमा हुने भिडन्तको तयारी गर्न बैठक राख्ने भएको छ। उराकावा यो वर्ष ज्यान गुमाउने तेस्रो व्यवसायीक नाम चलेका मुक्केबाज हुन्। यस अघि फेब्रुअरीमा बलफास्टमा भएको भिडन्तमा आयरल्यान्डका जोन कोनीको ज्यान गएको थियो।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १० : २१ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको