रविलाई भेट्न भैरहवा कारागार पुग्यो मानवअधिकार आयोगको टोली « Khabarhub

रविलाई भेट्न भैरहवा कारागार पुग्यो मानवअधिकार आयोगको टोली


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- सहकारीको करोडौं रकम ठगी अभियोगमा सर्वोच्च अदालतको समेत आदेशमा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न राष्ट्रिय मानवअधिकार आयोगको टोली कारागार पुगेको छ।

केही दिनयता रविको अवस्थाबारे सञ्चारमाध्यमहरूमा विवादित प्रसंगहरू आइरहेको अवस्थामा आयोगको टोली कारागारमा पुगेको हो।

आयोगकी सदस्य लिली थापासहित लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि रिमा बिसीसहितको टोली कारागार पुगेको हो ।

आयोगको टोली पुगे पनि सुरक्षाकर्मीले पत्रकारलाई रोक लगाएका छन्। टोलीसँगै पुगेका पत्रकारलाई कारागार बाहिरै रोकिएको हो ।

लामिछानेलाई अहिले कारागारको ४ नम्बर ब्लकमा एक्लै राखिएको छ। रविलाई कारागारमा आधारभूत सुविधाबाट बञ्चित गरिएको आरोप लागिरहेको छ । यस्तै जीर्ण ब्लकमा एक्लै राखेर बाहिर पनि निस्किन नदिएको समाचार आएको थियो ।

कारागार प्रशासनले लामिछानेको सुरक्षालाई मध्यनजर गर्दै छुट्टै ब्लकमा राखिएको बताएको छ । उनलाई अन्य कैदीसरह सुविधा दिइरहेको कारागार प्रशासनले जनाएको छ।

२३ साउनमा कारागार कार्यालय रुपन्देहीले प्रतिनिधिसभा सदस्य लामिछानेबारे सञ्चारमाध्यममा आएका समाचार वास्तविक नभएको बताएको थियो ।

कारागार प्रशासक सुरेश भण्डारीद्वारा जारी विज्ञप्तिमा सहकारी ठगीसम्बन्धी मुद्दामा थुनुवाको रूपमा विगत चार महिनादेखि कारागारमा रहेका लामिछानेलाई सुरक्षाका कारण छुट्टै कोठामा बसोबासको व्यवस्था गरिएको उल्लेख थियो ।

कारागारका अनुसार बाहिरबाट आउने भेटघाट वा सञ्चार सुविधा लामिछानेको इच्छाअनुसार मात्र उपलब्ध गराइएको छ। पछिल्लो समय प्रकाशित केही समाचारमा प्रयोग भएका तस्बिर कारागारभित्रका नभएको र समाचारमा वर्णन गरिएका अवस्थाहरू वास्तविकता विपरीत रहेको दाबी कारागार प्रशासनले गरेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १ : १० बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री