चिनियाँ गाउँमा विकासको लहर देखेर शिक्षामन्त्री पन्त दंग « Khabarhub

चिनियाँ गाउँमा विकासको लहर देखेर शिक्षामन्त्री पन्त दंग


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुनैबेला चीनको एउटा गाउँको भ्रमण गरेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले त्यस समयको अवस्था नेपालको कुनै दुर्गम बस्तीसरह रहेको स्मरण गरेका छन् ।

पछिल्लो भ्रमणमा त्यही गाउँको द्रूत विकास देखेर आफू अचम्मित परेको उनले बताए ।

‘चीनले यति छोटो अवधिमा विकास र क्रान्ति कसरी सम्भव बनायो?’, मन्त्री पन्तको जिज्ञासाले नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ग र चिनियाँ भाषा अध्यापनमा संलग्न शिक्षकहरू मुस्कुराए ।

मन्त्री पन्तले चीनलाई विश्वकै ठूलो आर्थिक शक्ति भनेर प्रशंसा गरेपछि कार्यक्रममा उपस्थित चिनियाँ पक्षको तालीले बजायो ।

यो दृश्य जापानी हस्तक्षेपको प्रतिरोध तथा फासीवादविरोधी युद्धमा विजयी भएको ८०औं वार्षिकोत्सवको अवसरमा आइतबार साँझ चिनियाँ दूतावासले आयोजना गरेको समारोहमा देखिएको हो।

समारोहलाई सम्बोधन गर्दै मन्त्री पन्तले नेपाल–चीन सम्बन्धलाई ‘चुम्बक’सरह आकर्षक र अटुट रहेको बताए। चीनको अदम्य साहस र महत्वाकांक्षाबाट नेपालले धेरै कुरा सिक्न सक्ने उल्लेख गर्दै उनले भने, ‘चीन विस्तारै विश्व व्यवस्थाको निर्णायक शक्ति बन्दै गएको छ। नेपालको विकासमा चीनले खेलेको भूमिका अन्य देशले सायदै निभाएका होलान्।’

शिक्षा क्षेत्रमा दुवै देशबीचको सहकार्यबाट ठूलो रूपान्तरण सम्भव रहेको उनले बताए । ‘विश्वका नामी विश्वविद्यालयहरूको सूचीमा चीनका विश्वविद्यालयहरूको संख्या उल्लेखनीय छ,’ मन्त्री पन्तले थपे, ‘हाम्रा विश्वविद्यालयहरूले चीनका विश्वविद्यालयहरूसँग सहकार्य गरेमा ठूलो लाभ लिन सकिन्छ।’

मन्त्री पन्तले आफ्नो पूर्व पत्रकार तथा सम्पादक जीवनको स्मरण गर्दै दुई देशबीचको कूटनीतिक सम्बन्ध, साम्राज्यवादविरुद्ध चीनको संघर्ष र सहकार्यका विषयमा लेख र सम्पादन गरेको अनुभव पनि बाँडे।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्गले पनि नेपाल–चीन सहकार्यमा चीन सधैँ सकारात्मक रहने प्रतिवद्धता जनाए । शान्तिपूर्ण विकास चीनको विशेषता रहेको बताउँदै उनले कम्युनिष्ट पार्टी अफ चाइनाको यही अवधारणाले चीनलाई अघि बढाइरहेको उल्लेख गरे ।

राजदूत सोङ्गले शान्तिको महत्वबारे चिनियाँ जनतामा गहिरो चेतना रहेको उल्लेख गर्दै जापानी आक्रमणविरुद्धको जनसंघर्षले त्यसलाई अझ दृढ बनाएको बताए।

‘जापानी तोपको सामना गर्दा चिनियाँहरूले आत्मसमर्पणको विचार कहिल्यै गरेनन्,’ उनले भने, ‘किनकि उनीहरूको डायरीमा आत्मसमर्पण भन्ने शब्द नै छैन।’

पुरस्कार वितरण

समारोहको अवसरमा चिनियाँ दूतावासले नृत्य, गीत, चित्रकला, वक्तृत्वकला र भेषभूषा गरी पाँच विधामा माध्यमिक तहका विद्यार्थीबीच प्रतियोगिता आयोजना गर्‍यो।

राजधानीका एक दर्जनभन्दा बढी विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा विजेताहरुलाई मन्त्री पन्त र राजदूत सोंगले संयुक्त रूपमा पुरस्कार वितरण गरे ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ३ : ५७ बजे

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा