‘जारी २’को टिजरमा पनि देखियो दयाहाङ–मिरुनाको नोकझोँक « Khabarhub

‘जारी २’को टिजरमा पनि देखियो दयाहाङ–मिरुनाको नोकझोँक


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको तेस्रो फिल्म ‘जारी २’को टिजर सार्वजनिक भएको छ ।

निर्माण पक्षले सोमबार बिहान युट्युबमार्फत् टिजर सार्वजनिक गरेको हो । टिजरले फिल्मको कथा लिम्बू समुदायको पहिचान च्याब्रुङ केन्द्रित रहेको छ ।

टिजरको सुरुवातमै संवाद छ, ‘च्याब्रुङ नाच्न अनाउने लिम्बू त नाङ्गो पहाड जस्तो हो ।’ अर्थात्, फिल्मको कथा लिम्बू संस्कृतिसँग जोडिएको टिजरले खुलाएको छ ।

यो हिट फिल्म ‘जारी’को सिक्वेल हो । दयाहाङ राई र मिरुनाको जोडीलाई सिक्वेलमा देखाइएको छ ।

अघिल्लो श्रृङ्खलाको अन्तिममा दयाहाङ–मिरुनाको छोरी जन्मिएको देखाएको थियो । टिजरमा उनीहरुको छोरी हुर्किइसकेको देखाइएको छ ।

यो जोडीको वैवाहिक सम्बन्ध बिग्रिएको कथामा ‘जारी’ बनेको थियो । यो कथा नै उनीहरुको नोकझोँकले वैवाहिक सम्बन्ध बिग्रिएको कथामा उक्त फिल्म बनेको थियो

‘जारी २’को टिजरमा पनि यो जोडीको नोकझोँक देखाइएको छ । यसले फिल्मप्रति दर्शकको आकर्षण बढाउन सक्छ ।

यस फिल्मको निर्देशक र लेखक उपेन्द्र सुब्बा हुन् । बासुरी फिल्मस र कबड्डी फिल्मको सहकार्यमा बनेको यस फिल्मका निर्माताहरु रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ४ : २९ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको