पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान « Khabarhub

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कार्टुनिष्ट क्लबले पाँच जना अग्रज कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान गरेको छ । क्लबले सोमबार आयोजना गरेको समारोहमा उनीहरूलाई सम्मान प्रदान गरेको हो । 

सम्मानित हुनेमा अशोकमान सिंह, जीवन राजोपाध्याय, रविन सायमी, राजेश केसी र अविन श्रेष्ठ रहेका छन्। उनहरूलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान प्रदान गरेका थिए । 

पाँच दशकदेखि नेपाली कार्टुन क्षेत्रमा सक्रिय अग्रज कार्टुनिस्ट सिंहको नेपाली कार्टुनको संस्थागत आधार तयार पार्नमा महत्त्वपूर्ण भूमिका रहेको छ । यस्तै, अर्का कार्टुनिस्ट राजोपाध्याय २०४४ सालमा कामना मासिक पत्रिकाबाट कार्टुनिस्टका रूपमा लागेका थिए ।

यस्तै, चार दशकदेखि कार्टुनमा सक्रिय अर्का कार्टुनिस्ट रविन सायमीले दृष्टि साप्ताहिकबाट काम थालेका थिए भने राजेश केसी तीन दशकदेखि कार्टुन पत्रकारितामा सक्रिय छन्। यस्तै, अविन श्रेष्ठ २०५० सालदेखि गोरखापत्रबाट कार्नुन पत्रकारितामा सक्रिय छन्। 

कार्यक्रममा कुलपति हार्तम्छालीले यसरी सम्मान प्रदान गर्दा कार्टुन कला सिर्जनामा प्रोत्साहन मिल्ने बताउँदै आगामी दिनमा प्रतिष्ठान पनि सहकार्य गरेर कार्टुन कलाको विकासमा लाग्ने प्रतिबद्धता जनाए । उनले आगामी दिनमा कार्टुनलाई एनिमेसनसँग जोडेर लैजानुपर्नेमा जोड दिए । कृत्रिम बौद्धिकता (एआई) को तीव्रत्तर विकाससँगै कार्टुनलाई पनि सोहीअनुसार रूपान्तरण गर्न जरुरी रहेको कुलपति हार्तम्छालीको भनाइ थियो । 

नेपाल कार्टुनिस्ट क्लबका अध्यक्ष बासु क्षितिजले कार्टुन क्षेत्रको विकास र यसमा लागिरहेका व्यक्तिहरूको सम्मानका लागि आफूहरू थप क्रियाशील हुने बताए। 

सम्मान छनोट समितिका सदस्य केशवराज खनालले सम्मानित व्यक्तिका बारेमा जानकारी दिँदै विगतमा विविध कारणले विसं २०७७ देखि २०८१ सम्म रोकिएको सम्मान आज प्रदान गरिएको हो । हरेक वर्ष एक जना कार्टुनिष्टलाई उक्त सम्मान प्रदान गर्ने गरिएको छ ।

अर्का कार्टुनिस्ट अविन श्रेष्ठले २०७० सालमा आफू क्लबको अध्यक्ष भएका बेला स्थापना भएको उक्त सम्मानबाट आज आफैँ सम्मानित हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ७ : ४५ बजे

पछिल्लो २४ घण्टामा ६३४ जना सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको