अलास्कामा हुने ट्रम्प–पुटिन वार्ताः रणनीतिक महत्वको समीक्षा « Khabarhub

अलास्कामा हुने ट्रम्प–पुटिन वार्ताः रणनीतिक महत्वको समीक्षा


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

मस्को – आगामी शुक्रबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्का राज्यमा एक महत्वपूर्ण शिखर बैठक हुने भएको छ । यो सन् २०१५ पछि पहिलो पटक कुनै रुसी राष्ट्रपतिको अमेरिकामा औपचारिक भ्रमण हुनेछ ।

रुसी राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उशाकोभले बैठकको स्थानको रूपमा अलास्का रोज्नु उचित रहेको व्यहोरा व्यक्त गरे । इतिहासमा पनि अलास्का रूसको अधीनमा रहेको क्षेत्र हो र सन् १८६७ मा आर्थिक चुनौतीका कारण रूसले यसलाई अमेरिकालाई हस्तान्तरण गरेको थियो ।

अलास्का उत्तर अमेरिकाको उत्तर–पश्चिमी भागमा अवस्थित छ र अमेरिकाको सबैभन्दा ठूलो भूभाग हो । यसले आर्कटिक महासागर र प्रशान्त महासागरलाई जोड्दछ । अलास्काका राज्य प्रमुख माइक डनलीभीले यस क्षेत्रको राष्ट्रिय सुरक्षा, ऊर्जा स्रोत र आर्कटिक रणनीतिमा महत्वपूर्ण भूमिका रहेको बताउँदै यस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय बैठक अलास्कामा हुनु उपयुक्त रहेको धारणा व्यक्त गरे ।

बैठकको मुख्य एजेण्डा युक्रेन संकटको दिगो र स्थायी समाधानका उपायहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ । राष्ट्रपति ट्रम्पले केही भूभाग साटासाटको सम्भावना रहेको संकेत गरेका छन् भने अमेरिकाका विदेशमन्त्रीले युद्ध अन्त्यका लागि दुवै पक्षबीच समझदारी आवश्यक हुने बताएका छन् ।

अलास्का र छिमेकी आर्कटिक क्षेत्र प्राकृतिक स्रोतहरूले धनी क्षेत्रहरू हुन्, जहाँ तेल, ग्यास, सुन लगायतका बहुमूल्य स्रोतहरू पाइन्छन् । यसका साथै यहाँका समुद्री मार्गहरू आर्थिक र रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण छन् । रुसी लगानी प्रमुख किरिल दिमित्रिएवले यस क्षेत्रमा वातावरण संरक्षण, पूर्वाधार र ऊर्जा विकासमा दुई देशबीच सहकार्यको राम्रो अवसर रहेको बताएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेंस्कीको बैठकमा सहभागिताको सम्भावना पनि रहेको छ, यद्यपि अहिलेसम्म यस विषयमा कुनै अन्तिम निर्णय भएको छैन । राष्ट्रपति ट्रम्पले पुटिनसँगको भेटका लागि जेलेंस्कीको उपस्थिति आवश्यक नभएको स्पष्ट पार्नुभएको छ भने राष्ट्रपति पुटिनले पनि युक्रेनी राष्ट्रपतिसँगको भेटमा आपत्ति नभएको तर हालको अवस्था अनुकूल नरहेको बताएका छन् ।

राष्ट्रपति जेलेंस्कीले भने कुनै पनि सम्झौतामा युक्रेनको पूर्ण सहभागिता आवश्यक रहेको र त्यसबिना गरिने निर्णयहरू शान्तिका लागि बाधक हुने स्पष्ट रूपमा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : ४३ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न