प्रधानमन्त्री भन्छन् : युवाहरूले घमण्ड त्याग्नुपर्छ « Khabarhub

प्रधानमन्त्री भन्छन् : युवाहरूले घमण्ड त्याग्नुपर्छ


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।

अनलाइनखबर डटकमद्वारा आज आयोजित ‘चालीस मुनीका चालीस’ युवालाई सम्मान कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको आत्मविश्वास, प्रतिभा र मेहनतलाई जोडेर नेपालले तीव्रताका साथ सम्पन्नता हासिल गर्दै मानवीय गुणवत्तामा पनि अग्रता लिने विश्वास व्यक्त गरे ।

“युवाहरुले आफ्नो रुचि र प्रतिभालाई चिन्न सक्नुपर्छ । सङ्घर्ष गर्नुपरे पनि सहेर हार नखाइकन काम गर्नुपर्छ । एकदिन सफलतामा पुगिन्छ”, प्रधानमन्त्री ओलीले भने, “दुनियाँमा मान्छेहरुले नयाँ नयाँ सुरुवात युवा अवस्थामै गरेका छन् । त्यसपछि क्रमशः आफ्नो क्षेत्रमाा श्रेष्ठता हासिल गर्दै गएका छन् । सामाजिक जीवनका सबै क्षेत्रमा हामीलाई प्रतिभा चाहिन्छ । धेरै योग्य युवामध्येबाट छानिएका तपाईँहरुले भविष्य अझ ठुल्ठुला सफलता प्राप्तितर्फ अगाडि बढ्दै जावोस् ।”

प्रधानमन्त्री ओलीले प्राकृतिकरुपमा उर्बर र ज्ञानभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण नभए पनि पछाडि पर्न गएकामा अब समृद्धिका लागि सबै मिलेर केही गर्ने समय आएको भनाइ राखे ।

उनले भने, “म केही गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ । निराशाको बादल छाडेर उत्साह र आशामा लागेका युवाहरु छनोट गर्नु निकै कठिन काम हो । म तपाईँहरुलाई बधाई भन्न चाहान्छु । मेरो भनाइ यत्ति हो, युवाहरुले आफूभित्र घमण्ड पस्न दिन हुँदैन । हरेक मान्छेले आफ्नो आचरण, महेनत र गुणवत्ताको सम्भावनालाई पहिल्याउनुपर्छ ।”

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ११ : ०१ बजे

इन्दिरा रानामगरको घरमै पुगेर समर्थन गर्दै बालेन

दमक– झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपामा ९ प्रतिशत मात्रै महिला उम्मेदवार  

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६४ क्षेत्रमा उम्मेदवार दर्ता गर्दा

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित

रास्वपाका उम्मेदवार गणेश र बालेनबीच भेटवार्ता

काठमाडौं– झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह र मोरङ

प्रतिनिधिसभा निर्वाचन : झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा