सडक विभागमा लगाइएको आगो अझै नियन्त्रण बाहिर « Khabarhub

सडक विभागमा लगाइएको आगो अझै नियन्त्रण बाहिर


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्य सरकारी कार्यालयसँगै जेनजी प्रदर्शनकारीले सडक विभागमा लगाएको आगो हालसम्म पनि नियन्त्रणमा आएको छैन ।

दमकल नपाएका कारण मंगलबारदेखि लागेको आगो नियन्त्रण गर्न नसकिएको विभागका उपमहानिर्देशक प्रभात कुमार झाले बताए । 

‘महानगरले दमकल पठाएको छैन आज बिहान बल्ल ललितपुर महानगरको दमकल आएको छ, माथिल्लो तल्लामा आगो निभाउन दमकलकर्मीहरू खटिरहेका छन् ।

आशा छ यसले पहिलो तला र भुईँ तल्लालाई बचाउनेछ’, उनले बताए ।  विभागमा के कति क्षति पुगेको छ भन्ने हाल अनुमान गर्न सकिने अवस्था नरहेको उनले बताए ।

‘क्षतिबारे अझै २/४ दिनसम्म आकलन गर्न सकिँदैन, अब यहाँबाट काम गर्न सक्ने अवस्था पनि छैन, बचेका सामान निकाल्दै छाैँ अब पुरानै कार्यालय ललितपुर चाकुपातबाट काम गर्ने योजना बनिरहेको छ ‘, उनले बताए ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ११ : २८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र