सैन्य सुरक्षासहित सुशीला कार्की र दुर्गा प्रसाईं जंगी अड्डामा, गेटबाहिर जेन-जीको ठूलो भिड « Khabarhub

सैन्य सुरक्षासहित सुशीला कार्की र दुर्गा प्रसाईं जंगी अड्डामा, गेटबाहिर जेन-जीको ठूलो भिड


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई सेनाको टोलीले विशेष सुरक्षासहित जंगी अड्डा भद्रकाली पुर्‍याएको छ ।

अर्कातिर विवादित राजावादी दुर्गा प्रसाईं पनि सैनिक  सुरक्षासहित जंगी अड्डामा पुगेका छन् । अहिले उनीहरू जंगीअड्डामा पसेपछि गेटबाहिर जेन-जी र मिडियाकर्मीको ठूलो भिड लागेको छ ।

बुधबार पाँच घण्टासम्म भएको जेन-जीको भर्चुअल बैठकले सुशीलालाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो ।

तर, काठमाडौँका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङको पक्षमा पनि जंगीअड्डाबाहिर नाराबाजी भएको थियो ।

यद्यपि काठमाडौँका मेयर बालेन्द्रले सुशीलालाई समर्थन गरिसकेका छन् । अहिले जंगीअड्डाबाहिर जम्मा भएको भिडले चर्को नाराबाजी गरिरहेको छ ।

रिपोर्टिङका लागि आएका भारतीय मिडिया र नेपाली सञ्चारकर्मीबीच भनाभन भएको छ। विवाद बढेपछि अहिले सेनाले माइकिङ गरेर भिडलाई हटाउन खोजिरहेको छ ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ११ : ३९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र