सैन्य सुरक्षासहित सुशीला कार्की र दुर्गा प्रसाईं जंगी अड्डामा, गेटबाहिर जेन-जीको ठूलो भिड « Khabarhub

सैन्य सुरक्षासहित सुशीला कार्की र दुर्गा प्रसाईं जंगी अड्डामा, गेटबाहिर जेन-जीको ठूलो भिड


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई सेनाको टोलीले विशेष सुरक्षासहित जंगी अड्डा भद्रकाली पुर्‍याएको छ ।

अर्कातिर विवादित राजावादी दुर्गा प्रसाईं पनि सैनिक  सुरक्षासहित जंगी अड्डामा पुगेका छन् । अहिले उनीहरू जंगीअड्डामा पसेपछि गेटबाहिर जेन-जी र मिडियाकर्मीको ठूलो भिड लागेको छ ।

बुधबार पाँच घण्टासम्म भएको जेन-जीको भर्चुअल बैठकले सुशीलालाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो ।

तर, काठमाडौँका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङको पक्षमा पनि जंगीअड्डाबाहिर नाराबाजी भएको थियो ।

यद्यपि काठमाडौँका मेयर बालेन्द्रले सुशीलालाई समर्थन गरिसकेका छन् । अहिले जंगीअड्डाबाहिर जम्मा भएको भिडले चर्को नाराबाजी गरिरहेको छ ।

रिपोर्टिङका लागि आएका भारतीय मिडिया र नेपाली सञ्चारकर्मीबीच भनाभन भएको छ। विवाद बढेपछि अहिले सेनाले माइकिङ गरेर भिडलाई हटाउन खोजिरहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ११ : ३९ बजे

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा गए रातिदेखि आवतजावत अवरुद्ध

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ– मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए

सुनसरी– वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी