जेन-जी दाबी गर्दै विभिन्न समूहबीच जङ्गीअड्डा अगाडि आज पनि विवाद « Khabarhub

जेन-जी दाबी गर्दै विभिन्न समूहबीच जङ्गीअड्डा अगाडि आज पनि विवाद


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आफूलाई जेन-जी पुस्ता दाबी गरेका विभिन्न समूहले सैनिक मुख्यालय, जङ्गीअड्डा अगाडि आज पनि वादविवाद गर्न थालेका छन्‌ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउनेगरी वार्ता सुरु हुन लाग्दा सैनिक मुख्यालयको गेटमा ती समूहहरूले आ-आफूले भनेका व्यक्तिलाई नै अघि सार्नुपर्ने भन्दै वादविवाद गरिरहेका हुन्‌ ।

कार्कीको साटो आफ्ना समूहले अघि सारेको व्यक्तिलाई नै सरकार प्रमुख बनाउनुपर्ने एकोहोरो ढिपी उनीहरूले दोहोर्‍याइरहेका छन्‌ । ती मध्ये अधिकांशले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नाम लिएका छन्‌ ।

ती समूहले समाचार सङ्कलन निम्ति पुगेका भारतीय मिडियामाथि पनि आक्रोश पोखेका छन्‌ । गेटमा वादविवाद गरिरहेकाहरूलाई हटाउन सेनाले प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ११ : ५० बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको