नख्खुबाट रवि निस्किएसँगै विभिन्न जेलबाट भागेका १६७ जना कैदी समातिए « Khabarhub

नख्खुबाट रवि निस्किएसँगै विभिन्न जेलबाट भागेका १६७ जना कैदी समातिए


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न कारागारबाट भागेका डेढ सय कैदी सिन्धुलीबाट पक्राउ परेका छन् ।

काठमाडौँका नख्खु र सुन्धारा कारागारसहित विभिन्न जिल्लाबाट मंगलबार र बुधबार भागेका कैदीहरूलाई नेपाली सेना र नेपाल प्रहरीले सिन्धुलीका विभ्रिन्न स्थानबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अहिलेसम्म १६७ कैदीलाई नियन्त्रणमा लिइएको छ । स्थानीयबासीको सहयोगमा थप कैदीहरूको खोजी भइरहेको छ । 

मंगलबार जेन-जीका नाममा चलेको विनाश मच्चाउने गरी चलेको आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सयौँ कैदीहरु नख्खु कारागारबाट निस्किएका थिए ।

नख्खुबाट निस्किएका कैदीहरूले मंगलबार नै राति सुन्धारा कारागारमा आगो लगाएका थिए । नख्खुबाट पनि ठूलो संख्यामा कैदीहरू भागेका छन् । अहिले प्रहरीले भागेका कैदीबारेमा आफ्नो घर, समाज वरपर देखिएमा खबर गर्न आग्रह गरेको छ ।

उता नख्खुबाट छुटेका लामिछानेले भने गृहसचिवले राजनीतिक प्रतिशोध भएको पत्र दिएको भन्दै बाहिर निस्किएको जिकिर गरिरहेका छन् ।

देशको अन्तिम अदालतले मुद्दाको अन्तिम टुंगो नगरेकै अवस्थामा गृहसचिवबाट छुट्ने पत्र दिएको जिकिर गरे पनि उनलाई जेन-जी अभियन्ताले फेरि नख्खु फर्किन अहिले दबाब बढाइरहेका छन् ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ११ : ४८ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको