सामाजिक सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्छ : मुख्यमन्त्री « Khabarhub

सामाजिक सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्छ : मुख्यमन्त्री


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक एकता र सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्नेमा जोड दिएका छन् । उनले आज वक्तव्य जारी गर्दै नेपाली समाजको विशिष्ट चरित्र सामाजिक एकता र सद्भाव भएको भन्दै यसलाई अझै बलियो बनाउँदै हामीले नयाँ बाटो पहिल्याउनुपर्ने समय आएको बताए।

विद्यमान विषम परिस्थितिमा संयम, संवाद र एकताको बाटोबाट मात्रै मुलुकलाई निकास दिन सकिने मुख्यमन्त्री पाण्डेको भनाइ छ । यही भदौ २३ र २४ गते ‘जेनजी’ युवाद्वारा गरिएको प्रदर्शनका क्रममा भएको मानवीय क्षति र त्यसपछिका सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको अकल्पनीय विनाशबारे दुःख व्यक्त गर्दै वक्तव्यमा जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। 

यही भदौ २३ को अत्यधिक बल प्रयोगले ठूलो मानवीय क्षति पुर्‍याएको र त्यसपछिका योजनाबद्ध आगजनी तथा तोडफोडका घटनाले मुलुकलाई स्तब्ध बनाएको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे।

गण्डकी प्रदेश सरकार शान्ति, स्थायित्व र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे। वर्तमान परिस्थितिबाट देशलाई निकाल्ने बाटो संवाद र एकता मात्रै रहेको भन्दै मुख्यमन्त्रीले यस पहललाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चारजगत् सबैको सहकार्य अपरिहार्य रहेकामा जोड दिए । 

युवापुस्ताको आकाङ्क्षा र भावनालाई आत्मसात् गर्दै संवैधानिक रिक्तता सिर्जना हुन नदिई वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्नुपर्ने उनले आवश्यकता औँल्याए । यही भदौ २३ मा गरिएको अत्यधिक बल प्रयोग र त्यसपछिका घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्नेमा उहाँले जोड दिए ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १ : ०९ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित