सुहाङले भने- १९ जनाको हत्या र जेन–जीका नाममा भएको विध्वंशको न्यायिक छानबिन हुनुपर्छ « Khabarhub

सुहाङले भने- १९ जनाको हत्या र जेन–जीका नाममा भएको विध्वंशको न्यायिक छानबिन हुनुपर्छ


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले जेन-जी आन्दोलनलाई पुनः संयमित र संगठित ढंगले अघि बढाउन अपिल गरेका छन्।

उनले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उठेका युवाहरूले देखाएको साहस र संकल्प ऐतिहासिक भएको बताए। तर त्यसै क्रममा भएको दमनलाई अत्यन्तै गलत भन्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

नेम्बाङले भने, ‘सुन्दर सपना बोकेर सडकमा आएका साथीहरूले जीवन गुमाउनु दुर्भाग्यपूर्ण अवस्था हो। यो हदसम्मको विवेकहीनताको कारण खोजिनै पर्छ।’

उनले २४ भदौमा देखिएका तोडफोड, लुटपाट र आगजनीका घटनालाई भने ‘जेन–जी’ पुस्ताले गरेको नभई आन्दोलनलाई बदनाम गर्ने नियतले गरिएको बताएका छन्।

‘आन्दोलनकारीले निर्माण गरेको आचारसंहिताविपरीत भएको त्यो ताण्डवको उच्चस्तरीय न्यायिक छानबिन हुनेमा म विश्वस्त छु,’ उनले भने।

नेम्बाङले अहिले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोक सिग्देलसँग जेन–जी प्रतिनिधिहरूबीच संवाद भइरहेको भन्दै संवैधानिक बाटोबाटै माग सम्बोधन हुने विश्वास व्यक्त गरे। उनले संविधानको मर्मलाई क्षति नपुग्ने गरी समाधान खोज्न सबैलाई आग्रह गरे।

सांसद नेम्बाङले जेन–जी पुस्तालाई नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्दै सुन्दर भविष्य निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘आन्दोलनमा मारिएका नौजवान साथीहरुप्रति सच्चा श्रद्धाञ्जली भनेको लोकतन्त्र, नागरिक स्वतन्त्रता, मानवअधिकार र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई जोगाएर नयाँ देश निर्माण गर्नु हो।’

उनले अघिल्लो पुस्तालाई जेन–जीको भावना बुझ्न आग्रह गर्दै आफ्नो पुस्तालाई आन्दोलनलाई नयाँ शिराबाट पुनः गठित गर्न पनि आह्वान गरेका छन्।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १ : १० बजे

आगलागीमा एक जनाको मृत्यु

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी

प्रहरीको तैनाथी बढेपछि बस्ती खाली गर्दै सुकुमवासीहरू (तस्बिर)

काठमाडौँ– सरकारले थापाथलिस्थित अतिक्रमित क्षेत्र खाली (सुकुम्बासी बस्ती) डोजर लगाएर

अमेरिका र इरानबीच शान्ति वार्ताको प्रयास, ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै

काठमाडौँ– अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण