इस्टु कार्कीले बालेनलाई भनिन्– हामीलाई राजतन्त्र चाहिएको छैन  « Khabarhub

इस्टु कार्कीले बालेनलाई भनिन्– हामीलाई राजतन्त्र चाहिएको छैन 


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनमा सहभागी सोसल मिडिया इन्फ्ल्युएनसर इस्टु कार्कीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह (बालेन्द्र)सँग आफूहरूलाई राजतन्त्र स्वीकार्य नभएको बताएकी छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहीबार भिडियो सन्देश जारी गर्दै उनले बालेनलाई राजतन्त्रसँगै सैनिक शासनसमेत नचाहिएको बताएकी हुन् ।   

‘बालेन दाइलाई मेरो ठाडै म्यासेज । दाइ, हामीलाई राजतन्त्र चाहिएको छैन । सैनिक शासन चाहिएको छैन । यो पुराना नेताहरू पनि चाहिएको छैन,’ इस्टुले भिडियोमा भनेकी छन् । 

उनले बालेनलाई छिटोभन्दा छिटो निर्णयमा पुग्न पनि आग्रह गरेकी छन् । ‘जति सक्दो छिटो डिसिजन (निर्णय) लिइहाल्नू,’ इस्टुको भनाइ छ, ‘हामीलाई बाहिरी शक्तिहरूको एकदमै खतरा छ । सिक्किमीकरणको खतरा छ । भुटानीकरणको खतरा छ ।’

इस्टुले राष्ट्रिय स्वाभिमानलाई टिकाइ राख्न गाह्रो रहेको भन्दै विदेशी सेना नेपाल आए फिर्ता पठाउन कठिन हुनेसमेत बताएकी छन् । 

‘राष्ट्रिय स्वाभिमानको कुरा छ । यसलाई टिकाइ राख्न गाह्रो छ । बाहिर इन्डियादेखि सेनाहरू आयो भनेदेखि उनीहरूलाई निकाल्न गाह्रो छ । भोलि अरू देशहरूले खेल्न सक्छ । छिटोभन्दा छिटो डिसिजन लिनुपर्‍यो ,’ इस्टुले भनेकी छन् । 

उनले जेन–जीलाई झगडा गरेर नबस्न र निर्णयमा पुग्न पनि भनेकी छन् । ‘जेन–जी साथीहरू अब झगडा गरेर बस्ने होइन,’ कार्कीको आग्रह छ, ‘एउटा डिसिजनमा अगाडि बढ्ने, बढी हाल्ने के, हाम्रैले खाउन् ।’

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १ : ३० बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व