इस्टु कार्कीले बालेनलाई भनिन्– हामीलाई राजतन्त्र चाहिएको छैन  « Khabarhub

इस्टु कार्कीले बालेनलाई भनिन्– हामीलाई राजतन्त्र चाहिएको छैन 


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनमा सहभागी सोसल मिडिया इन्फ्ल्युएनसर इस्टु कार्कीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह (बालेन्द्र)सँग आफूहरूलाई राजतन्त्र स्वीकार्य नभएको बताएकी छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहीबार भिडियो सन्देश जारी गर्दै उनले बालेनलाई राजतन्त्रसँगै सैनिक शासनसमेत नचाहिएको बताएकी हुन् ।   

‘बालेन दाइलाई मेरो ठाडै म्यासेज । दाइ, हामीलाई राजतन्त्र चाहिएको छैन । सैनिक शासन चाहिएको छैन । यो पुराना नेताहरू पनि चाहिएको छैन,’ इस्टुले भिडियोमा भनेकी छन् । 

उनले बालेनलाई छिटोभन्दा छिटो निर्णयमा पुग्न पनि आग्रह गरेकी छन् । ‘जति सक्दो छिटो डिसिजन (निर्णय) लिइहाल्नू,’ इस्टुको भनाइ छ, ‘हामीलाई बाहिरी शक्तिहरूको एकदमै खतरा छ । सिक्किमीकरणको खतरा छ । भुटानीकरणको खतरा छ ।’

इस्टुले राष्ट्रिय स्वाभिमानलाई टिकाइ राख्न गाह्रो रहेको भन्दै विदेशी सेना नेपाल आए फिर्ता पठाउन कठिन हुनेसमेत बताएकी छन् । 

‘राष्ट्रिय स्वाभिमानको कुरा छ । यसलाई टिकाइ राख्न गाह्रो छ । बाहिर इन्डियादेखि सेनाहरू आयो भनेदेखि उनीहरूलाई निकाल्न गाह्रो छ । भोलि अरू देशहरूले खेल्न सक्छ । छिटोभन्दा छिटो डिसिजन लिनुपर्‍यो ,’ इस्टुले भनेकी छन् । 

उनले जेन–जीलाई झगडा गरेर नबस्न र निर्णयमा पुग्न पनि भनेकी छन् । ‘जेन–जी साथीहरू अब झगडा गरेर बस्ने होइन,’ कार्कीको आग्रह छ, ‘एउटा डिसिजनमा अगाडि बढ्ने, बढी हाल्ने के, हाम्रैले खाउन् ।’

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  १ : ३० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र