जेन-जीको बलमा सत्ताबाट बाहिरिएको एमालेले भन्यो : तोडफोड, आगजनी र हिंसाले मुलुक दशकौँ पछाडि धकेलियो « Khabarhub

जेन-जीको बलमा सत्ताबाट बाहिरिएको एमालेले भन्यो : तोडफोड, आगजनी र हिंसाले मुलुक दशकौँ पछाडि धकेलियो


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमबार र मंगलबार भएको जेन-जीको विध्वंशात्मक आन्दोलनपछि सत्ताबाट बिमखु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पछिल्ला राजनीतिक घटनाक्रमबारे औपचारिक धारणा सार्वजनिक गरेको छ।

केन्द्रीय सचिवालयको तर्फबाट महासचिव शंकर पोखरेलले बिहीबार वक्तव्य जारी गर्दै पछिल्ला दुई दिन भएका घटनाप्रति गहिरो चिन्ता जनाएको छ। ती घटनामा संलग्न दोषी पहिचान गरी कानुनी कारबाही गर्न पनि महासचिव पोखरेलले माग गरेका छन् ।

जेन–जी आन्दोलनबारे

एमालेले सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचारविरोधी आन्दोलन र सुशासनको माग राखेर उठेका युवाहरूले सोमबार र मंगलबार गरेको प्रदर्शन ऐतिहासिक भए पनि त्यस क्रममा भएको जनधनको क्षतिबाट स्तब्ध भएको जनाएको छ।

पार्टीले मारिएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना र परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

तर मंगलबार देशभर भएका आगजनी, तोडफोड, हिंसा र लुटपाटलाई पार्टीले ‘त्रासदीपूर्ण’ भनेको छ।

संसद् भवन, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालतदेखि संवैधानिक निकाय, विमानस्थल, प्रहरी कार्यालय, निजी सम्पत्ति र दुर्लभ अभिलेखहरू जलेर नष्ट हुनु मुलुकलाई दशकौं पछाडि धकेल्ने घटना भएको एमालेले जनाएको छ । पार्टीले यसमा संलग्नलाई कठोर कानुनी कारबाही गर्न पनि माग गरेको छ।

आयोजकहरूले शान्तिपूर्ण प्रदर्शनको घोषणा गरेकाले आगजनी र लुटपाटमा उनीहरूको संलग्नता नरहेको स्पष्टीकरण आएको भन्दै एमालेले यस्ता विनाशकारी गतिविधि कसले गरायो भन्ने सत्यतथ्य छानबिन हुनुपर्ने जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितका सुरक्षा निकायहरू समयमै प्रभावकारी हुन नसकेको विषयमा पनि पार्टीले प्रश्न उठाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार आएको राजीनामापछि संविधानसम्मत् र लोकतान्त्रिक बाटोबाट राजनीतिक निकास खोजिनुपर्नेमा पार्टीले जोड दिएको छ। भ्रष्टाचार नियन्त्रण, नातावाद अन्त्य, सुशासन र रोजगारी सिर्जनासहित युवापुस्ताका सरोकार सम्बोधन गर्न राष्ट्रपतिले सार्थक संवादको पहल गर्नुपर्ने एमालेको माग छ।

आग्रह

पार्टीले संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहलाई लोकतन्त्रको रक्षामा रचनात्मक भूमिका खेल्न आग्रह गरेको छ।

असामान्य परिस्थितिलाई सामना गर्न संविधान पक्षधर दलहरूबीच समझदारी र सहकार्य आवश्यक रहेको पनि एमालेले जनाएको छ।

पोखरेलद्वारा हस्ताक्षरित वक्तव्यमा पार्टी पंक्तिलाई उच्च मनोबलका साथ एकताबद्ध भएर अघि बढ्न आह्वान गरिएको छ।

ध्वस्त कार्यालय र सार्वजनिक स्थलको सरसफाइ, सामाजिक सद्भाव कायम गर्ने तथा प्रभावित नागरिकलाई सहयोग गर्न पनि पार्टीले आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १ : ५१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा