जेन-जीलाई रास्वपा सांसद खनालको आग्रह : निषेधको राजनीतिको भ्रममा नपरौँ « Khabarhub

जेन-जीलाई रास्वपा सांसद खनालको आग्रह : निषेधको राजनीतिको भ्रममा नपरौँ


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य शिशिर खनालले जेन-जीहरूलाई निषेधको राजनीतिको भ्रममा नपर्न आग्रह गरेका छन्‌ ।

रक्तपातयुक्त र हिंसात्मक प्रदर्शनपछि नयाँ अन्तरिम सरकारबारे नेपाली सेनासँग वार्तामा बसिरहेका जेन-जीहरूलाई चार बुँदे आह्वान गर्दै खनालले सबै पक्ष सँग संवाद र सहकार्यमार्फत समाधान खोज्न अनुरोध गरेका हुन्‌ ।

उनले लखेका छन्‌, ‘निषेधको राजनीतिको भ्रममा नपरौँ । पद र “शक्ति” क्षणिक हुन्छ, त्यो भन्दा महत्त्वपूर्ण व्यक्तिगत, सामूहिक र राष्ट्रिय सुरक्षाको विषय छन् ।’

खनालले संविधानलाई जीवित राखेर नै नयाँ सरकारको गठन गर्न अनुरोध गर्दै श्रीलङ्कामा केही वर्ष अगाडि तत्कालीन शासकहरूलाई जनआन्दोलन ले भाग्न बाध्य पार्दा पनि संविधानलाई नभत्काइ नयाँ सरकार बनाइएको उदाहरण उल्लेख गरेका छन्‌ । चुनावपछि नयाँ र सापेक्षिक रूपमा युवा को नेतृत्व स्थापित भएको उनको भनाइ छ ।

संविधानमा केही परिवर्तन आवश्यक भएको खनालले जननिर्वाचित संविधानसभाले बनाएको संविधान संशोधन जनताको प्रतिनिधिहरुले नै गर्ने प्रक्रियाबाट मात्र गर्ने अडान राख्न खनालको आग्रह छ ।

पीडामा परेका सबैको पीडामा मलम लगाउन खोज्ने र सक्ने बाटोमा जानुपर्ने, जति नै बलियो देखिए पनि हिंसाबाट प्राप्त शक्ति लामो नजाने हुनाले सामूहिक हिलिङ र अहिंसाको बाटो नै अबको बाटो हुनुपर्ने खनालको भनाइ छ ।

ठूला राजनैतिक दलका नेताहरूले शासन गर्ने राजनैतिक वैधता समाप्त भएको परिवेशमा नयाँ जनादेश उपयुक्त विकल्प हो भन्ने आफूलाई लागेको खनालले बताएका छन्‌ ।

‘छिल्लो घटनाक्रमहरूले भने जबरजस्ती लोकतन्त्रका आधारभूत मान्यता र संवैधानिक सर्वोच्चताको मान्यतालाई कुल्चँदै लोकतन्त्र र विधिको शासन नै समाप्त हुने हो कि भन्ने संशय पैदा भएको छ। अब, हामीले नयाँ सरकार गठन कुन विधि, पद्धतिबाट गर्छौ त्यसैबाट विधिको शासन रहन्छ कि रहँदैन भन्ने देखिन थाल्छ’, खनालले लेखेका छन्‌, ‘मलाई लाग्छ प्रदर्शनमा होमिएको जेन-जी व्यवस्था परिवर्तन को पक्षमा थिएन । भ्रष्टाचार रहित शासन, जबाफदेहिता, राम्रो सेवा वितरण उसको आकाङ्क्षा थियो तर व्यवस्था परिवर्तन उसको माग थिएन ।’

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  २ : १० बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक