इटहरी पुन:निर्माण गर्न आउँदै छु : मेयर पौडेल  « Khabarhub

इटहरी पुन:निर्माण गर्न आउँदै छु : मेयर पौडेल 


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले आफू इटहरी निर्माण गर्न आउने बताएका छन् । उनले सामाजिक सञ्जालमा लाइभ आएर परिस्थिति सान्त भएपछि आफू फेरी इटहरी निर्माण गर्ने आउने बताए । 

जेन-जीको प्रदर्शनका क्रममा इटहरी उपमहानगरपालिका कार्यालय, प्रहरी कार्यालय, मेयर पौडेलको घर लगायतको   संरचनामा आगजनी भएको थियो । त्यो विषयमा मेयर पौडेलले आफू अहिले एउटा कोठामा भएको र घर २०८० सालमै बनाएको बताएका छन् । जेन जीका नाममा अराजक तत्व र स्वर्थ समूहले आफ्नो घरमा आगो लगाएको मेयरको आरोप छ । 

परिवर्तनको बाधक आफू नभएको भन्दै सबैले शान्तिपूर्ण रूपमा लाग्न जेनजी युवाहरूलाई पौडेलको आग्रह छ । आफ्नो घर जेलेकोमा खुद नभएको तर देश जलेकोमा आफूलाई दुख लागेको पौडेलले बताएका छन् । 

जनप्रतिनिधिलाई समेत तुरुन्त बसेर जस्तो परिस्थिरमा भए पनि जनतालाई सेवा दिनुपर्नेमा मेयरले आग्रह गरेका छन् । वडा र टोल सुरक्षा गर्ने अहिलेको प्रमुख दायित्व भएकाले त्यसमा सबैले लाग्न मेयरको आग्रह छ ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ४ : ३२ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा