कैलालीमा एक युवकको हत्या, टाउको बोकेर दुईजना पुगे प्रहरीमा  « Khabarhub

कैलालीमा एक युवकको हत्या, टाउको बोकेर दुईजना पुगे प्रहरीमा 


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका– ८ जरैमा गए राती साथीसाथीबीच विवाद हुँदा २८ वर्षीय केशर बहादुर बुढाको घाँटी रेटेर हत्या भएको हो ।

सँगै बसेर मदिरा सेवन गरेका बलबहादुर विक र गंगा बुढा क्षेत्रीले केशरको घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले बताए ।

हत्यामा संलग्न विक र बुढा क्षेत्री मृतकको टाउको बोकी सोही वडाको प्रतिखेतस्थित प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेका थिए । प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको छ । 

बीभत्स घटना भएपछि सो क्षेत्रका स्थानीय त्रसित भएका छन् ।  मृतक बुढाका बाबुआमा सुर्खेतको चौकुने गाउँपालिका–३ मोरीवनस्थित घरमा बस्दै आएका छन् ।

सुर्खेतबाट मृतकका आफन्तहरू आइपुगेपछि शवको मुचुल्का, पोस्टमार्टम लगायतका कानूनी प्रक्रिया सुरु हुने अवस्थीले जानकारी दिए । 

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १० : ५७ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको