साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार प्राडा त्रिपाठीलाई « Khabarhub

साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार प्राडा त्रिपाठीलाई


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ । विसं २०३९ देखि साहित्यिक गतिविधि गर्दै आएको संंस्था साहित्य सन्ध्याद्वारा आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाबाट उनलाई रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।

मार्क्सवादी चिन्तक भट्टको स्मृतिमा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीबाट अक्षयकोष स्थापना भई पहिलोपटक यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कार सिफारिस समितिका संयोजक प्रा जगत्प्रसाद उपाध्यायले डा त्रिपाठी नेपाली साहित्यका महासमालोचक भएको उल्लेख गर्दै उनको शोधपरक समालोचनाको विषयमा चर्चा गरे ।

भट्टको व्यक्तित्वबारे प्रकाश पार्दै साहित्यकार प्राडा हेमनाथ पौडेलले समालोचना र दर्शनका क्षेत्रमा भट्टको अलग पहिचान रहेको बताए । विसं १९९४ साउन २ गते जन्मेका भट्टको २०६८ असोज २५ गते निधन भएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलगायत सहभागी थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ६ : ५० बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको