‘टीओबी’बारे सुदन गुरुङले भने : फ्री तिब्बतसँग जोडेर बदनाम गर्ने नियोजित खेल « Khabarhub

‘टीओबी’बारे सुदन गुरुङले भने : फ्री तिब्बतसँग जोडेर बदनाम गर्ने नियोजित खेल


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘हामी नेपाल’ संस्थापक सुदन गुरुङले आफ्नो अभियानलाई विदेशी शक्ति र ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै तीव्र आपत्ति जनाएका छन्।

शनिबार सामाजिक सञ्जालमा जेन–जी आन्दोलनका क्रममा केही युवाले लगाएको कालो टिसर्टमा ‘टीओबी’ लेखिएको फोटो भाइरल भएपछि उनले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ‘संगठित साइबर समूह’ले नियोजित रूपमा भ्रम फैलाएको दाबी गरे।

गुरुङले भनेका छन्, “अब अति भयो। हाम्रो समाजमा अराको खुट्टा तान्ने प्रवृत्ति कहिल्यै हराएन। अहिले फेरि नयाँ रूपमा साइबर सेनाको खेल सुरु भएको छ।”

भाइरल फोटोमा देखिएको ‘टीओबी’ लाई कतिपयले ‘टिबेटन ओरिजिन ब्रदरहुड’ र ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडेर टिप्पणी गरेका थिए। तर गुरुङले त्यो दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै आफ्नो अभियानमा कुनै पनि विदेशी शक्ति, आइएनजीओ वा राजनीतिक समूहको संलग्नता नरहेको स्पष्ट पारे।

उनका अनुसार ‘हामी नेपाल’ कुनै गैरसरकारी संस्था नभई गैरनाफामुखी संगठन (एनपीओ) हो, जसले नगदभन्दा पनि जिन्सी सहयोगलाई प्राथमिकता दिने गर्छ। “हामीलाई एनजीओ प्रणाली मन परेन, त्यसैले एनपीओ नाम राख्यौं,” उनले प्रष्ट्याए।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ११ : ०५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित