‘टीओबी’बारे सुदन गुरुङले भने : फ्री तिब्बतसँग जोडेर बदनाम गर्ने नियोजित खेल « Khabarhub

‘टीओबी’बारे सुदन गुरुङले भने : फ्री तिब्बतसँग जोडेर बदनाम गर्ने नियोजित खेल


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘हामी नेपाल’ संस्थापक सुदन गुरुङले आफ्नो अभियानलाई विदेशी शक्ति र ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै तीव्र आपत्ति जनाएका छन्।

शनिबार सामाजिक सञ्जालमा जेन–जी आन्दोलनका क्रममा केही युवाले लगाएको कालो टिसर्टमा ‘टीओबी’ लेखिएको फोटो भाइरल भएपछि उनले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ‘संगठित साइबर समूह’ले नियोजित रूपमा भ्रम फैलाएको दाबी गरे।

गुरुङले भनेका छन्, “अब अति भयो। हाम्रो समाजमा अराको खुट्टा तान्ने प्रवृत्ति कहिल्यै हराएन। अहिले फेरि नयाँ रूपमा साइबर सेनाको खेल सुरु भएको छ।”

भाइरल फोटोमा देखिएको ‘टीओबी’ लाई कतिपयले ‘टिबेटन ओरिजिन ब्रदरहुड’ र ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडेर टिप्पणी गरेका थिए। तर गुरुङले त्यो दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै आफ्नो अभियानमा कुनै पनि विदेशी शक्ति, आइएनजीओ वा राजनीतिक समूहको संलग्नता नरहेको स्पष्ट पारे।

उनका अनुसार ‘हामी नेपाल’ कुनै गैरसरकारी संस्था नभई गैरनाफामुखी संगठन (एनपीओ) हो, जसले नगदभन्दा पनि जिन्सी सहयोगलाई प्राथमिकता दिने गर्छ। “हामीलाई एनजीओ प्रणाली मन परेन, त्यसैले एनपीओ नाम राख्यौं,” उनले प्रष्ट्याए।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ११ : ०५ बजे

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित