कैलालीमा धान उत्पादन घट्यो « Khabarhub

कैलालीमा धान उत्पादन घट्यो


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा यस वर्ष बर्खे धानको उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष बर्खे धानको उत्पादन पाँच दशमलव २६ प्रतिशतले घटेको हो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १७ हजार १३५ ‘मेट्रिकटन’ले कमी आएको छ । यस वर्ष ६८ हजार ५४१ ‘हेक्टर’ क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा तीन लाख आठ हजार ४३४ मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए ।

उनका अनुसार गत वर्ष सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २५ हजार ५६९ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व पनि घटेको छ । गत वर्ष धानको उत्पादकत्व चार दशमलव ७५ मेट्रिकटन प्रतिहेक्टर रहेकामा यस वर्ष चार दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर रहेको उनको भनाइ छ ।

त्यसैगरी यस वर्ष जिल्लामा ६ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार १९२ मेट्रिकटन मकै उत्पादन भएको तथा १०३ हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा १५४ मेट्रिकटन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । (रासस)

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : ४७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल