क्षमापूजा गरेर सुरु भयो गहना पोखरी पुनःनिर्माण (तस्बिरहरू)  « Khabarhub

क्षमापूजा गरेर सुरु भयो गहना पोखरी पुनःनिर्माण (तस्बिरहरू) 


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका–५ मा अवस्थित ऐतिहासिक गहना पोखरीमा पुनर्निर्माण कार्य सुरु गरिएको छ । कार्तिक १८ गते क्षमा पूजा गरेर काम सुरु भएको हो ।

हाल पोखरी वरिपरि अस्थायी जस्ता राखेर ढाक्ने–छेक्ने तयारी भइरहेको छ भने पोखरीको पानी समेत निकास गरिएको छ । पोखरी वरिपरि जस्ता राख्ने तयारी पूरा भएपछि पुनः निर्माण कार्य औपचारिक रूपमा पूर्ण रूपमा सुरु हुने तय गरिएको छ ।

यस अन्तर्गत वरिपरिका बारहरू हटाइने र सम्पूर्ण संरचना पुरानो शैलीमा पुनः निर्माण गरिनेछ ।

करिब ५२ लाख रुपैयाँ लागतमा भइरहेको यो परियोजना काठमाडौं महानगरपालिकाको मातहतमा अघि बढाइएको हो । यस पुनर्निर्माणले गहना पोखरीलाई यसको प्राचीन स्वरूपमा फर्काउने र हाँडीगाउँको सांस्कृतिक पहिचानलाई पुनर्जीवित गर्ने लक्ष्य राखेको छ ।

गहना खोज्ने जात्राका लागि प्रसिद्ध यो पोखरी एक समय आफ्नो अनौठो बनोटका कारण विशेष अनुभव दिने स्थल मानिन्थ्यो। पुरानो संरचनाअनुसार, पोखरीका किनारहरू तल र बीचभाग गहिरो बनाइएका थिए, जसले जात्रामा सहभागीहरूलाई बिस्तारै भिजाउँदै केन्द्रतिर लैजाने अनुभूति दिन्थ्यो ।

पुनर्निर्माणपछि सो ऐतिहासिक डिजाइन पुनः स्थापित गरिनेछ ।

काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका अनुसार, यो परियोजना सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्जीवनका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छ । पुनर्निर्माणपछि पोखरी वरिपरि हरियाली क्षेत्र, बालमैत्री स्थान, फल्चा तथा परम्परागत पैदलमार्ग निर्माण गरिने योजना छ ।

लोककथा अनुसार, गहना खोज्ने जात्रासँग सम्बन्धित यस पोखरीमा कहिल्यै ननिभ्ने आगो निस्कने झरना र सुनको बाकस देखिन्थ्यो। जसलाई निकाल्ने प्रयास गर्नेहरू पोखरीमै हराउने विश्वास छ। जनश्रुतिअनुसार, उक्त सुन भविष्यका बुद्ध मैत्रेयको मुकुटको गहना थियो, जसको रक्षा नागदेवताले गर्थे ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : ४७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा