नारायणकाजी भन्छन् : मधेशको घटना लोकतन्त्रकै अपमान, दलहरूले अझै चेतेका रहेनछन् | Khabarhub Khabarhub

नारायणकाजी भन्छन् : मधेशको घटना लोकतन्त्रकै अपमान, दलहरूले अझै चेतेका रहेनछन्


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सोमबार मधेस प्रदेशमा भएको घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको अपमान भनेका छन् ।

श्रेष्ठले सोमबार मधेस प्रदेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई बर्दिबासस्थित पानस होटलबाटै मुख्यमन्त्री बनाएको प्रसंगमा उनले यस्तो बताएका हुन्।

प्रदेश प्रमुख भण्डारीमार्फत पानस होटेलमा मुख्यमन्त्रीका रुपमा यादवलाई शपथ गराइनु राजनीतिक नैतिकतामाथिको ठूलो प्रहार भनेर श्रेष्ठले ब्याख्या गरेका छन् । ‘यसले स्पष्ट गर्छ कि राजनीतिक पार्टी र नेताहरू यत्रो जेन-जी विद्रोहपछि पनि चेतेका छैनन्’, उनले भने ।

श्रेष्ठले जेन-जी विद्रोहले राजनीतिक पार्टी र नेताहरूको शुद्धिकरण र रूपान्तरणलाई प्रमुख मुद्दा बनाएको स्मरण गराउँदै अहिले देखिएको प्रवृत्ति त्यही चेतनाको प्रतिकूल भएको बताए।

उनले प्रमुख राजनीतिक दल र नेताहरूले त्यो विद्रोहको सन्देशलाई लत्याएर अघि बढ्न खोज्नु देशको राजनीतिक भविष्यका लागि ज्यादै घातक हुने बताएका छन् ।

उनले सबै जेन-जी आन्दोलनकारीहरू र उक्त विद्रोहको सकारात्मक पक्षलाई समर्थन गर्ने जनतालाई फेरि एकपटक राजनीतिक पार्टीहरूको शुद्धिकरण र रूपान्तरणको मुद्दा सार्थक र परिणाममुखी बनाउन आवाज उठाउन आह्वान गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १ : ०३ बजे

पाकिस्तानको एक अदालतमा विस्फोट, १२ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको राजधानी इस्लामावादको जिल्ला अदालत बाहिर मंगलबार भएको आत्मघाती

निर्वाचन आयोगमा दर्ता हुँदै ऋषि धमला संरक्षक रहेको जनादेश पार्टी (तस्बिरहरू)

काठमाडौं– अधिवक्ता रमण कुमार कर्ण नेतृत्वको जनादेश पार्टी नेपाल गठन

ललितपुर र भक्तपुरका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु

काठमाडौं– सरकारले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि)आजदेखि ललितपुर र

चन्द्र ढकालको विवादास्पद लगानी : बेलायतमा कम्पनी खोलेर ८ वर्षसम्म करोडौँको कारोबार

काठमाडौं– उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले

चितवनमा जेनेटिक विधिबाट गैँडा गणना हुँदै

चितवन–  बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना