शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार « Khabarhub

शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– मानवबेचबिखन तथा ओसारपरसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना  गृह बाँकेले एक वर्षको अवधिमा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

बाँके जिल्लाका विभिन्न नाका र भारतबाट गरी गत आर्थिक वर्ष २०८१-८२ मा सो सङ्ख्यामा महिला तथा बालबालिकाको उद्धार गरिएको जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले जानकारी दिए। उनका अनुसार छ जनाको भारतबाट उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये ३०३ महिला तथा बालबालिकालाई संस्थाद्वारा अभिभावकलाई जिम्मा लगाइएको छभने ९५ जनालाई प्रहरीको रोहबरमा अभिभावकलाई जिम्मा लगाइएको छ । एक जनालाई पुनर्स्थापनाका लागि अन्य संस्थामा पठाइएको छ । 

संस्थाले गत आर्थिक वर्षमा आठ जनाविरुद्ध मानवबेचबिखनको मुद्दा दर्ता गरेको छ । यो अवधिमा संस्थाले नौ हजार ३९४ जनालाई परामर्श दिएको शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक सञ्जित सिंहले जानकारी दिए । 

शान्ति पुनर्स्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटाले मानवबेचबिखन विरुद्धको अभियानमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । आफूहरुले सीमित जिल्लामा कार्यक्रम सञ्चालन गरेर अभियानमा थोरै सहयोग मात्रै गरेको उल्लेख गर्दै उहाँले मानवबेचबिखन विरुद्धको अभियानमा राज्यनै जिम्मेवार भएर लाग्न जरुरी भएको बताए।

शान्ति पुनर्स्थापना गृहले बाँकेको विभिन्न पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानवबेचबिखन विरुद्धको कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले राज्यले गर्नुपर्ने काम सामाजिक सङ्घसंस्थाले गरेर मानवबेचबिखन तथा ओसारपसारविरुद्ध नागरिकलाई जागरुक बनाएको बताए। 

उनले मानवबेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा सरकारी निकाय, सामाजिक सङ्घसंस्था र स्थानीय सरकारबीच समन्वयको खाँचो रहेको उल्लेख गर्दै आवश्यक सहकार्य र समन्वयका लागि आफू सदैव तत्पर रहेको धारणा व्यक्त गरे । 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  २ : २३ बजे

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड