कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोप अस्वीकार « Khabarhub

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोप अस्वीकार


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नोमपेन– थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ ।

कम्बोडियाको गृहयुद्धको लगभग तीन दशक देखि, कम्बोडिया–थाइल्यान्ड सीमामा रहेका अधिकांश बारुदी सुरुङ कठिन भूभाग र सीमा क्षेत्रको स्थितिका कारण अझै सफा नगरिएको हाल बिस्पोट भएको हुन सक्ने विषयलाई नजर अन्दाज गर्न नहुनेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

यसै गरी संयुक्त शान्ति घोषणापत्र रोक्ने थाइल्यान्डको निर्णय प्रति कम्बोडिया सरकार  चिन्तित रहेको जनाउँदै कम्बोडिया संयुक्त घोषणापत्र कार्यान्वयन गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले सीमा क्षेत्रको प्रेह विहार मन्दिर नजिकै बारूदी सुरंग विस्फोट हुँदा दुई थाई सैनिक घाइते भएपछि सोमबार दुई देश बिचको संयुक्त शान्ति सम्झौता कार्यान्वयन स्थगित गर्न आदेश दिएका थिए ।  रासस

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : ०५ बजे

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न

बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री