काठमाडौं– विघटित प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै नेकपा एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन गरेको छ ।
मंगलबार एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत विभिन्न पालिकाहरूमा मोटरसाइकल र्यालीका साथै नारा जुलुस सहित र्यालीको समेत आयोजना गरिएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो ।
यसैक्रममा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंको वसन्तपुर क्षेत्रमा जनप्रदर्शन तथा सद्भाव र्याली निकालेको थियो ।

एमाले नेता आनन्दप्रसाद पोखरेलले प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गरेको जानकारी दिए । आफूहरूको प्रदर्शनलाई जागरण अभियानको रूपमा अघि बढाइएको उनले बताए ।
एमालेले कात्तिक २९ गते जिल्लास्तर र आगामी मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी गरेको छ ।













प्रतिक्रिया