बराहक्षेत्रमा खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान « Khabarhub

बराहक्षेत्रमा खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धरान– बराहक्षेत्र नगरपालिकाले गाईभैँसीमा देखिने खोरेत रोग नियन्त्रणका लागि नगर क्षेत्रभर निःशुल्क खोप अभियान सुरु गरेको छ । 

‘गाईभैँसीमा खोरेत रोगविरुद्धको निःशुल्क खोप लगाऔँ, पशुजन्य उत्पादनको निर्यातमा टेवा पुर्‍याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ’ भन्ने नाराका साथ यही कात्तिक २३ गतेदेखि सुरु गरिएको अभियान आगामी मङ्सिर २३ गतेसम्म नगरका सबै वडामा सञ्चालन हुने नगर प्रमुख रमेश कार्कीले जानकारी दिए । 

उनले कृषि तथा पशुपालन क्षेत्र नगरको अर्थतन्त्रको महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै खोरेत नियन्त्रण अभियानले कृषकको उत्पादन वृद्धि, पशु स्वास्थ्य सुरक्षा साथै आयआर्जनमा सकारात्मक प्रभाव पार्ने बताए । 

उनले भने, ‘नगरपालिकाले प्राथमिकता दिएका क्षेत्रमध्ये पशुपालन महत्वपूर्ण छ, हामी कृषकलाई आत्मनिर्भर बनाउँदै कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्‍याउने वातावरण निर्माणमा प्रतिबद्ध छौँ ।’

नगरपालिकाको पशु सेवा शाखाका प्रमुख विमल अधिकारीका अनुसार अभियानबाट नगरभित्र रहेका पशुपालक कृषकलाई खोरेत रोग नियन्त्रणमा ठुलो सहयोग पुग्ने बताए।

यो अभियान भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवा, उद्योग, कृषि तथा पशुपन्छी मत्स्य विकास निर्देशनालय कोशी प्रदेश विराटनगरको सहयोगमा तथा नगरपालिकाको पशु सेवा शाखा चक्रघट्टी सुनसरीको आयोजनामा सञ्चालन गरिएको उनले बताए ।
 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : ३२ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल