बराहक्षेत्रमा खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान « Khabarhub

बराहक्षेत्रमा खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धरान– बराहक्षेत्र नगरपालिकाले गाईभैँसीमा देखिने खोरेत रोग नियन्त्रणका लागि नगर क्षेत्रभर निःशुल्क खोप अभियान सुरु गरेको छ । 

‘गाईभैँसीमा खोरेत रोगविरुद्धको निःशुल्क खोप लगाऔँ, पशुजन्य उत्पादनको निर्यातमा टेवा पुर्‍याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ’ भन्ने नाराका साथ यही कात्तिक २३ गतेदेखि सुरु गरिएको अभियान आगामी मङ्सिर २३ गतेसम्म नगरका सबै वडामा सञ्चालन हुने नगर प्रमुख रमेश कार्कीले जानकारी दिए । 

उनले कृषि तथा पशुपालन क्षेत्र नगरको अर्थतन्त्रको महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै खोरेत नियन्त्रण अभियानले कृषकको उत्पादन वृद्धि, पशु स्वास्थ्य सुरक्षा साथै आयआर्जनमा सकारात्मक प्रभाव पार्ने बताए । 

उनले भने, ‘नगरपालिकाले प्राथमिकता दिएका क्षेत्रमध्ये पशुपालन महत्वपूर्ण छ, हामी कृषकलाई आत्मनिर्भर बनाउँदै कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्‍याउने वातावरण निर्माणमा प्रतिबद्ध छौँ ।’

नगरपालिकाको पशु सेवा शाखाका प्रमुख विमल अधिकारीका अनुसार अभियानबाट नगरभित्र रहेका पशुपालक कृषकलाई खोरेत रोग नियन्त्रणमा ठुलो सहयोग पुग्ने बताए।

यो अभियान भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवा, उद्योग, कृषि तथा पशुपन्छी मत्स्य विकास निर्देशनालय कोशी प्रदेश विराटनगरको सहयोगमा तथा नगरपालिकाको पशु सेवा शाखा चक्रघट्टी सुनसरीको आयोजनामा सञ्चालन गरिएको उनले बताए ।
 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : ३२ बजे

जब पार्किङ गरेकै ठाउँबाट चोरियो गोदावरी नगरको गाडी

ललितपुर– ललितपुरको गोदावरी नगरपालिकाको सरकारी गाडी चोरी गरेको आरोपमा एक

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व