तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना | Khabarhub Khabarhub

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ । गत साउन १ गतेदेखि गत असोज ३१ गतेको अवधिमा सो सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको हो । 

तीमध्ये सबैभन्दा धेरै आक्रमण र कुटपिटका ३४ घटना  रहेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिए । त्यसैगरी धम्की-दुव्र्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा-अवरोधका पाँच र नीतिगत बन्देजका दुई घटना घटेको जनाइएको छ । 

प्रदेशअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४४, मधेस प्रदेशमा ६, लुम्बिनीमा चार, कोशीमा तीन, सुदूरपश्चिममा एकवटा घटना घटेका छन् । लैङ्गिक आधारमा यस अवधिमा भएका घटनामा ४३ पुरुष र तीन महिला गरी ४६ जना पत्रकार पीडित भएको पाइएको छ । 

यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका दुई घटना घटेकोमा बागमती प्रदेशमा एक र मधेस प्रदेशमा एक घटना घटेका हुन् । 

यसैबीच प्रेस काउन्सिल नेपालको एक टोलीले जेन-जीको नाममा गत भदौ २३ र २४ गतेको प्रदर्शनका कममा काठमाडौँ उपत्यकाका सञ्चारमाध्यममा भएको तोडफोड, आगजनीबारे स्थलगत अनुगमन गरेको थियो । 
 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : ४२ बजे

मतदाता नामावली दर्ता गराउनेको चाप बढ्यो, निर्वाचन कार्यालय बिहान ८ बजेदेखि सञ्चालन

भेरीगङ्गा– सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ ।

माओवादी रामप्रसाद गाउँकमिटीले भन्यो : विचार र पहिचान गुमाउने एकता चाहिँदैन

भोजपुर- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भोजपुरस्थित रामप्रसादराई गाउँ

‘आसन्न निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्छ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी

संविधान रक्षार्थ जनप्रतिनिधिलाई अग्रभागमा आउन मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको रक्षाको लागि जनप्रतिनिधि