दोहा फोरम २०२५ : ‘कार्यमा न्याय, प्रगतिका लागि प्रतिज्ञा’ विषयमा विश्व नेताहरू एकत्रित हुने « Khabarhub

दोहा फोरम २०२५ : ‘कार्यमा न्याय, प्रगतिका लागि प्रतिज्ञा’ विषयमा विश्व नेताहरू एकत्रित हुने


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारको राजधानी दोहामा आगामी डिसेम्बर ६ र ७ मा दोहा फोरमको २३औँ संस्करण आयोजना हुने भएको छ । 

‘कार्यमा न्याय: प्रगतिका लागि प्रतिज्ञा’ भन्ने विषयवस्तुमा केन्द्रित यस फोरमले विश्वभरका राष्ट्र प्रमुखहरू, नीति निर्माताहरू, कूटनीतिज्ञहरू र विज्ञहरूलाई एक मञ्चमा ल्याई शान्ति, सुरक्षा, आर्थिक लचिलोपन तथा प्राविधिक रूपान्तरणजस्ता समसामयिक वैश्विक चुनौतीहरूबारे छलफल गराउने बताइएको छ ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको संरक्षणमा आयोजना हुने दोहा फोरम २०२५ ले कूटनीति र बहुपक्षीय सहयोगप्रतिको कतारको दृढ प्रतिबद्धतालाई पुनः पुष्टि गर्नेछ । यस वर्षको फोरमले विश्वलाई न्यायपूर्ण, सन्तुलित र दिगो दिशातर्फ अघि बढाउने उपायहरू खोज्ने लक्ष्य लिएको छ ।

दोहा फोरमका कार्यकारी निर्देशक मुबारक अजलान अल–कुवारीले भने, ‘विश्व तीव्र रूपले परिवर्तन भइरहेका बेला दोहा फोरम संवाद र कूटनीतिका लागि एक तटस्थ तथा समावेशी मञ्च बनेको छ । विविध दृष्टिकोणहरूलाई एउटै स्थानमा ल्याएर हामी आपसी समझदारी र साझा हितमा आधारित दीर्घकालीन समाधान खोज्ने उद्देश्य राख्छौँ ।’

त्यस्तै फोरमकी महाप्रबन्धक महा अल–कुवारीले भनिन्, ‘दोहा फोरम २०२५ ले न्यायलाई विश्व संवादको केन्द्रमा राख्दैछ, यो केवल एक आदर्शको रूपमा नभई साझा जिम्मेवारीको रूपमा हो । यहाँ हुने छलफलहरूले सहयोग र ठोस परिणाममा रूपान्तरण हुनुपर्छ भन्ने हाम्रो लक्ष्य हो ।’

अन्तर्राष्ट्रिय थिङ्कट्याङ्क र संस्थाहरूसँगको सहकार्यमा तयार पारिएको यस वर्षको कार्यक्रमले द्वन्द्व रोकथाम, आर्थिक सुधार, ऊर्जा सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) शासन र मिडिया अखण्डताजस्ता मुद्दाहरूमा बहुआयामिक छलफल समेट्नेछ ।

फोरमका प्रमुख सत्रहरूमा अमेरिकी मध्यपूर्व रणनीति, सिरियाको सङ्क्रमण, विश्वव्यापी व्यापार पुनर्विचार, आणविक हतियार नियन्त्रण, स्वास्थ्य वित्त पोषणमा साझेदारी, एआईद्वारा आर्थिक रूपान्तरण, अमेरिका–चीन सम्बन्ध र विश्व सहायतामा देखिएका परिवर्तनलगायत महत्त्वपूर्ण विषय समावेश छन् ।

फोरममा राष्ट्र तथा सरकारका प्रमुखदेखि लिएर विदेश मन्त्रीहरू, अन्तर्राष्ट्रिय संस्थानका नेता र विश्व नीति निर्माणमा प्रभाव पार्ने प्रख्यात विज्ञहरू सम्मिलित हुने अपेक्षा गरिएको छ । यस वर्ष १६० भन्दा बढी देशका करिब पाँच हजार प्रतिनिधिले सहभागिता जनाउने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय संवादका लागि विश्वका अग्रणी मञ्चमध्ये एकको रूपमा स्थापित दोहा फोरमले सहकार्य, जबाफदेहिता र साझा विश्वव्यापी प्रगतिलाई अघि बढाउने कूटनीतिक केन्द्रका रूपमा निरन्तर भूमिका निर्वाह गरिरहेको बताइएको छ । रासस

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : ४९ बजे

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने