डोल्पो समाज गुम्वामा शान्ति पूजाको आयोजना « Khabarhub

डोल्पो समाज गुम्वामा शान्ति पूजाको आयोजना


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वशान्ति र मानवकल्याणहेतु काठमाडौंको डोल्पो समाज गुम्वामा शान्ति पूजाको आयोजना गरिएको छ ।

माथिल्लो डोल्पाका ६७ जना रिम्पोछो गुरु, सयभन्दा बढी लामा गुरुहरू र अन्य विदेशी बौद्ध धर्म गुरु र अनुयायीहरूले सामूहिक रूपमा शान्ति पूजा गरेका हुन् ।

डोल्पो समाजको आयोजनामा मंगलबारबाट सुरु भएको भएको शान्ति पूजा चार दिनसम्म चल्ने बताइएको छ । सोही अवसरमा डोल्पा मार्गोम गुम्बाका प्रमुख रिम्पोछे स्वर्गीय क्याव्जे मार्गोम रिम्पोछेको सम्झनामा निर्मित स्तुपामा बौद्ध परम्परा अनुसार प्राण प्रतिष्ठा गरिएको थियो ।

डोल्पो समाजका अध्यक्ष निमा रिम्पोछोले समग्र विश्व शान्ति र मानवकल्याणका साथै देशमा शान्तिका लागि पूजा आयोजना गरिएको जानकारी दिए । 

सो पूजाका लागि एकै ठाउँमा ६७ जना रिम्पोछो गुरु, सयभन्दा बढी लामा गुरुहरू सहभागी भएको यो पहिलो पटक भएको निमा रिम्पोछोले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ४ : १३ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी