डोल्पो समाज गुम्वामा शान्ति पूजाको आयोजना « Khabarhub

डोल्पो समाज गुम्वामा शान्ति पूजाको आयोजना


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वशान्ति र मानवकल्याणहेतु काठमाडौंको डोल्पो समाज गुम्वामा शान्ति पूजाको आयोजना गरिएको छ ।

माथिल्लो डोल्पाका ६७ जना रिम्पोछो गुरु, सयभन्दा बढी लामा गुरुहरू र अन्य विदेशी बौद्ध धर्म गुरु र अनुयायीहरूले सामूहिक रूपमा शान्ति पूजा गरेका हुन् ।

डोल्पो समाजको आयोजनामा मंगलबारबाट सुरु भएको भएको शान्ति पूजा चार दिनसम्म चल्ने बताइएको छ । सोही अवसरमा डोल्पा मार्गोम गुम्बाका प्रमुख रिम्पोछे स्वर्गीय क्याव्जे मार्गोम रिम्पोछेको सम्झनामा निर्मित स्तुपामा बौद्ध परम्परा अनुसार प्राण प्रतिष्ठा गरिएको थियो ।

डोल्पो समाजका अध्यक्ष निमा रिम्पोछोले समग्र विश्व शान्ति र मानवकल्याणका साथै देशमा शान्तिका लागि पूजा आयोजना गरिएको जानकारी दिए । 

सो पूजाका लागि एकै ठाउँमा ६७ जना रिम्पोछो गुरु, सयभन्दा बढी लामा गुरुहरू सहभागी भएको यो पहिलो पटक भएको निमा रिम्पोछोले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ४ : १३ बजे

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण