रूसी नागरिकलाई भिसा प्रतिबन्ध लगाउने निर्णय ’भेदभावपूर्ण’ « Khabarhub

रूसी नागरिकलाई भिसा प्रतिबन्ध लगाउने निर्णय ’भेदभावपूर्ण’


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– रूसी नागरिकहरूलाई भिसा जारी गर्न प्रतिबन्ध लगाउने युरोपेली सङ्घको निर्णयलाई युरोपेली सङ्घका लागि रूसी स्थायी मिसनले ‘भेदभावपूर्ण’ भन्दै आलोचना गरेको छ ।

मिसनका साथै भिसा कमिटीमा सबै ईयू सदस्य राष्ट्रहरूले समर्थन गरेको युरोपेली आयोगले लिएको निर्णय रुसको लागि भेदभावपूर्ण भएको  रूसी मिडियालेसमेत रिपोर्ट गरेका छन् । 

सामान्य नागरिकलाई प्रतिबन्धले असर नगर्ने भनी गरिएको ईयूका व्यवस्थाहरूको विपरित हरने गरी भिसा सम्बन्धमा निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मिसनले रूस र रूसी नागरिक विरुद्ध तोडफोड, सूचनाको दुरुपयोग, ईयूमा ड्रोन आक्रमण, तथा अनावश्यक प्रचारको लागि भिसाको दुरुपयोग हुन सक्ने आरोपहरू माथि आश्चर्य व्यक्त गरेको छ ।  

युरोपेली आयोगले केही दिन अघि असाधारण मामिलाहरू बाहेक रूसी नागरिकलाई प्रवेश भिसा जारी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो भने मस्कोले यस निर्णयको प्रतिक्रियामा कदम चाल्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ५ : २८ बजे

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत