कांग्रेस बैठक : पार्टीको महाधिवेशनबारे फरक- फरक धारणा | Khabarhub Khabarhub

कांग्रेस बैठक : पार्टीको महाधिवेशनबारे फरक- फरक धारणा


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५ औँ महाधिवेशन नियमित गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमा केन्द्रीत भएको छ । 

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरूको फरक फरक धारणा आएको हो । 

महाधिवेशनका विषयमा एकमत हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ । मंगलबार बसेको बैठकपछि कांग्रेस नेता राजेन्द्रकुमार केसीले महाधिवेशनका साथै पछिल्लो राजनीतिक घटनाका क्रममा विषयमा सदस्यहरूले धारणा राखेको बताए ।

मङ्सिरमा अवधि सकिने भएकाले त्यसअघि नै नियमित रुपमा महाधिवेशन गर्नुपर्ने अधिकांशको धारणा रहेको उनले बताए । उनले चुनावमा पार्टीले भाग लिने निर्णय गरेको अवस्थामा त्यसअघि नै नेतृत्व चयन गर्नुपर्ने आफ्नो मत रहेको धारणा राखे ।

असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५ औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ । मंगलबार सहमहामन्त्रीद्वय- बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू- ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले आ–आफ्नो धारणा राख्नुभएको थियो । बैठक बुधबार बिहान साँढे ११ बजे पुनः बस्ने कांग्रेसले जनाएको छ ।
 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ५ : ४९ बजे

दीर्घकालीन महत्त्वका निर्णय नगर्न मधेशका मुख्यमन्त्रीलाई सर्वाेच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन

कांग्रेस बैठकमा मीनेन्द्रले भनेः अबको ४ महिना पार्टी महामन्त्रीहरुलाई चलाउन दिउँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले चुनावसम्म पार्टी चलाउन

५० हजार धरौटी बुझाएर रिहा भए निकोलस भुसाल

काठमाडौँ- समाजको शान्ति सुरक्षा भाँड्ने गरी अभिव्यक्ति दिएको आरोपमा कात्तिक

पार्टीभित्र एकअर्कामाथि लाञ्छना लगाउने प्रवृत्ति आत्मघातीः प्रवक्ता महत

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत

उज्यालो नेपालको केन्द्रीय सदस्यमा वातावरणविद् सागर ढकाल

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टीको केन्द्रीय