कुलमानले नेतृत्व गर्ने उज्यालो नेपाल पार्टी आयोगमा अध्यावधिक, चुनाव चिह्न बलेको चिम « Khabarhub

कुलमानले नेतृत्व गर्ने उज्यालो नेपाल पार्टी आयोगमा अध्यावधिक, चुनाव चिह्न बलेको चिम


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ समूहले निर्वाचन आयोग पुगेर पुरानो उज्यालो नेपाल पार्टी अध्यावधिक गरेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार ज्ञानबहादुर तामाङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीलाई संशोधन गरी पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संयोजक प्रस्ताव गरिएको छ।

उपाध्यायलाई संयोजक बनाउने प्रस्ताव कुलमानले नै गरेका हुन् । पार्टीमा रहेका केन्द्रीय सदस्यबारे खुलाइएको छैन ।

उज्यालो नेपालले ५१ सदस्य केन्द्रीय समितिको प्रस्ताव गरेको छ। समितिमा उज्यालो नेपाल पार्टीका पूर्व संयोजक ज्ञानबहादुर तामाङ सदस्य छन्।

यस्तै पाँचथरका पहिचानवादी डा. महेन्द्र लावती, इलाम २ को उपनिर्वाचनमा पराजित डकेन्द्र थेगिम, ताप्लेजुङकी सरस्वती लिम्बू लगायत पनि समेटिएका छन् ।

कुलमाननिकट स्रोतका अनुसार यो पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वसांसद सुमना श्रेष्ठ र जेन-जी अभियान्ता सुदन गुरुङ भने समेटिएका छैनन्। पार्टीलाई अध्याविधक गर्ने क्रममा चुनाव चिह्न बलेको चिम मागिएको छ।

स्रोतका अनुसार ५१ केन्द्रीय सदस्यमा कुलमानको नाम अहिले समावेश छैन। कुलमान मन्त्री छाडेपछि मात्रै पार्टीको नेतृत्व लिने गरी समावेश हुने बताइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : २० बजे

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका