अदानचुली– हुम्लामा ९७५ मतदाता थपिएका छन् । मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वान भएसँगै सो सङ्ख्यामा मतदाता थपिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमबहादुर रोकायाका अनुसार गत असोज ९ गते अगाडि पनि मतदाता नामावली संकलन गरिएको थियो ।
जेन-जी आन्दोलनपश्चात् बनेको वर्तमान सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका जेन-जी युवालाई समेत मतदानमा सहभागी गराउन पुनः मतदाता नामावली दर्ता गर्ने कार्य थालिएको हो ।
विसं २०७९ को निर्वाचनमा जिल्लाको मतदाता सङ्ख्या ३२ हजार ३३३ रहेको थियो । हाल थपिएकोसहित जम्मा मतदाता सङ्ख्या ३३ हजार ३०८ पुगेको छ । नाम दर्ता गराउनेमा एक ७४ वर्षकी वृद्धा समेत रहेका छन् । अन्य सबै १८ वर्षदेखि ३० वर्ष आसपासका युवा रहेका प्रमुख रोकायाले बताए।













प्रतिक्रिया