मधेशमा तनाव : बाहिर नाराबाजी, भित्र मुख्यमन्त्री यादवको पदभार « Khabarhub

मधेशमा तनाव : बाहिर नाराबाजी, भित्र मुख्यमन्त्री यादवको पदभार


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गरेका छन् ।

सोमबार महोत्तरीको बर्दिबासस्थित पानस होटलमा प्रदेश प्रमुम सुमित्रा सुवेदी भण्डारीबाट मुख्यमन्त्रीको नियुक्ति लिएका उनले मंगलबार जनकपुरधाम पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनले पदभार ग्रहण गर्ने क्रममा मधेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनारसहित विरोध प्रदर्शनमा उत्रिए । नेपाली कांग्रे‍स र नेकपा माओवादी केन्द्रसहितका दलले प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दीर्घकालीन महत्वका निर्णय नगर्न आदेश दिएलगत्तै यादवले पदभार ग्रहण गरेका हुन् ।

उनले पदभार ग्रहणका क्रममा मधेश आन्दोलनका शहीदहरूलाई मधेश रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् ।

मुलुकमा संघीयता ल्याउन मधेसका शहीदहरूको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताए ।

उनले शहीदका परिवारलाई मधेसमा आर्थिक सहयोग त दिइए पनि शहीदहरूलाई सम्मान नभएको बताए । त्यसैले पहिलो निर्णयमै मधेश रत्नबाट हीदलाई सम्मान गर्ने निर्णग गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : ५२ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल