बीमा सूचना केन्द्र स्थापना गर्ने तयारी « Khabarhub

बीमा सूचना केन्द्र स्थापना गर्ने तयारी


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीमा सूचना केन्द्र स्थापना गर्ने विषयमा सरोकारवालाबीच सहमति भएको छ । नेपाल बिमा प्राधिकरणले आयोजना गरेको छलफल कार्यक्रमबाट प्राप्त राय–सुझावका आधारमा प्रारम्भिक मस्यौदा परिमार्जन गरी केन्द्र स्थापनाको कार्य छिट्टै अघि बढाइने भएको हो ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बिमा सूचना केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको हो ।

बीमा ऐन, २०७९ बमोजिम बिमा कम्पनी, लघु बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरी राय–सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले बिमा क्षेत्र विस्तार हुँदै गएको सन्दर्भमा छरिएका सूचनालाई एकीकृत गर्न तथा गलत क्रियाकलाप पहिचान गरी नियन्त्रण गर्न सूचना केन्द्र आवश्यक रहेको बताए। उनले बीमक, बीमितलगायत सबै सरोकारवालाको हितका लागि बिमा सूचना केन्द्रको स्थापनाको प्रक्रिया शीघ्र अघि बढाइने जानकारी दिए ।

पूर्वमुख्य सचिव डा. बैकुण्ठ अर्यालले विज्ञका रूपमा केन्द्रको स्थापना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रारम्भिक मस्यौदा प्रस्तुत गर्दै बीमा क्षेत्रसँग सम्बन्धित यथार्थ सूचना र विश्लेषणका लागि सूचना केन्द्र अपरिहार्य रहेको बताए। नेपाल बीमक सङ्घका अध्यक्ष वीरेन्द्र बैदवार र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष प्रवीण रमण पराजुलीले बिमा सूचना केन्द्र स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशकहरू, जीवन तथा निर्जीवन बिमा कम्पनी, लघु बिमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : ४३ बजे

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस

लेबनानमा मलामीमाथि इजरायली आक्रमण, कम्तीमा १० जना मारिए

लेबनान- अमेरिका-इरान युद्धविराम भए पनि इजरायलले लेबनानमाथि आक्रमण रोकेको छैन।

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज