मतदाता नामावली दर्ता गर्नेको भिड बढेपछि थपियो कर्मचारी, दुई सिफ्टमा काम « Khabarhub

मतदाता नामावली दर्ता गर्नेको भिड बढेपछि थपियो कर्मचारी, दुई सिफ्टमा काम


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप जनशक्ति र सिफ्टको व्यवस्था गरेको छ। आयोगका अनुसार, दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लामा बिहान र दिउँसो गरी ६/६ घण्टाको दुई सिफ्टमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।

विशेषगरी काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा देखिएको चापलाई सम्बोधन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट १४ जना थप कर्मचारी खटाइएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव नारायण प्रसाद भट्टराईले जनाएका छन्।

आयोगले ०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूले नाम मतदाता नामावलीमा दर्ता गराउन पनि अपिल गरेको छ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने तय भएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ८ : ४० बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक