उज्यालो नेपालको केन्द्रीय सदस्यमा वातावरणविद् सागर ढकाल « Khabarhub

उज्यालो नेपालको केन्द्रीय सदस्यमा वातावरणविद् सागर ढकाल


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यमा वातावरण विज्ञ डा सागर ढकाल केन्द्रीय सदस्य बनेका छन्।

ढकालले वातावरण विज्ञानमा विषयमा पीएचडी गरेका व्यक्ति हुन्।

उनी हिमाली क्षेत्रका दुर्लभ वनस्पतीका विषयका जानकार हुन्। उनले ऊर्जा मन्त्रालयमा पनि विज्ञ सदस्यको रुपमा काम गरिसकेका छन्।

यसैक्रममा उनी कुलमानसँग जोडिएका थिए। उनको स्थायी ठेगाना स्याङ्जा हो।

धेरैले उनलाई यसअघि डडेलधुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकाल भन्दै प्रचार गरेका थिए।

यो पार्टीले पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा आज निर्वाचन आयोगमा विवरण अध्यावधिक गरेको छ। अध्यावधिक विवरणमा कुलमानको नाम नभए पनि उनकै संरक्षणमा यो दल आयोगमा पुगेको हो।

कुलमान भने फागुनमा हुने निर्वाचनअघि मात्रै दलमा सक्रिय हुने बताइएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ८ : ५३ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय