एमाले स्कूल विभाग : ६६ जिल्लामा प्रशिक्षण, आठ हजार प्रशिक्षक उत्पादन « Khabarhub

एमाले स्कूल विभाग : ६६ जिल्लामा प्रशिक्षण, आठ हजार प्रशिक्षक उत्पादन


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले १० औं महाधिवेशनपछि स्कूल विभागले गरेका काम सार्वजनिक भएका छन्। नेता कार्यकर्तामा वैचारिक विचलन,आफूले आदर्श मानेको माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादका बारेमा कतिपय नेतामै आधारभूत ज्ञान नहुँदा नयाँ कार्यकर्तालाई विचारले प्रभावित पार्ने विषय कमजोर भएकोले यो विभागलाई थप सक्रिय बनाइएको एमालेले जनाएको छ।

महाधिवेशन सकिएको तीन महिनापछि १९ माघ २०७८ मा उपमहासचिव प्रदिप ज्ञवालीलाई यस विभागको प्रमुख बनाउने निर्णय एमालेले गरेको थियो। ज्ञवालीका अनुसार चार वर्षको अवधिमा विभिन्न तहका सात हजार सात सय ८३ जना नेता कार्यकर्तालाई प्रशिक्षित गरेको छ।

स्कूल विभागले तयार गरेको प्रतिवेदन अनुसार प्रशिक्षणमा जनसंगठनदेखि प्रवाससम्म जनप्रतिनिधिदेखि नवप्रवेशीसम्मका नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको उल्लेख छ।

प्रतिवेदन अनुसार चार वर्षको अवधीमा जनसंगठनतर्फ ६२५, प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण ४०८, स्थानीय तहका जनप्रतिनिधि ६५६ जनालाई प्रशिक्षण दिइएको छ।

यस्तै नवप्रवेशी २५०,जिल्ला तहका नेता कार्यकर्ता ५ हजार ४ सय २६,वित्त तथा कोष व्यवस्थापन ५६,भारत प्रवास ५६ जनालाई प्रशिक्षित गरिएको छ।

‘यस बीचमा हामीले हुम्लादेखि पाँचथरसम्म, झापा देखि कञ्चनपुरसम्म गरी ६६ वटा भौगोलिक प्रशिक्षकहरु सञ्चालन गर्यौं’ ज्ञवालीले भने, ‘हामीले ३÷४ दिनका कार्यशाला,अन्तरक्रियात्मक शैली, अनुभवी र विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइएको हुनाले धेरै कार्यकर्ताहरुले पार्टीको आधारभुत सिद्धान्त र मान्यताका बारेमा स्पष्ट हुनुभएको छ।’

विभागका सचिव घनश्याम कोइरालाका अनुसार पार्टी केन्द्रको स्कूल विभागले माध्यमिक तहको प्रशिक्षण सञ्चालन गर्ने गरेको छ। विभागले उत्पादन गरेका प्रशिक्षकहरु प्रदेश,जिल्ला र स्थानीय तहहरुले आयोजना गर्ने प्रशिक्षणका काम गरिरहेका छन्। ‘हामीले बृह्त्तर रुपमा प्रशिक्षणको काम अघि बढाएका हौं। केन्द्रले प्रशिक्षक उत्पादन गर्ने,प्रदेश र जिल्ला र स्थानीय तहले उनीहरु मार्फत सम्बन्धित तहका कार्यकर्तालाई पार्टी,समाज,देश र विदेशका बारेमा थाहा पाउन मद्धत गरिरहेका छन् ’ कोइरालाले भने।

विभागले सातै प्रदेशमा स्थायी स्कूल सञ्चालन गर्ने तयारी गरेको छ। जस अनुसार केन्द्रको स्कूल विभाग मदन आश्रित स्मृति भवन गोठाटारमा,कोशीमा मदन भण्डारी स्मृति प्रतिष्ठान इटहरामा,मधेशको मदन आश्रित स्मृति भवन लालबन्दीमा, गण्डकीको पुष्पलाल स्मृति प्रतिष्ठान पोखरामा,लुम्बिनीको नेपालगञ्ज,देउखुरी र बुटवलमा र सुदूरपश्चिमको कञ्चनपुर स्थित जिल्ला पार्टी कार्यालयमा स्थायी स्कूलको संरचना तयारी थालेको छ। विभागले आधारभूत तहको पाठ्यक्रमका लागि समृद्धि सोपान स्रोत पुस्तक पनि तयार गरेको छ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ९ : २३ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति