सम्पादकसँग छलफल गर्दै एमाले अध्यक्ष केपी ओली « Khabarhub

सम्पादकसँग छलफल गर्दै एमाले अध्यक्ष केपी ओली


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सम्पादकसँग छलफल गर्दैछन्। एमाले ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले सम्पादकसँग छलफल गर्न लागेका हुन्।

प्रेस चौतारीले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीसँगको संवादमा सहभागी हुन सम्पादकलाई निम्तो पठाएको हो। ओलीसँगको संवाद कोटेश्वरस्थित होटल ए वा भेन्युमा बिहीबार दिउँसो १ बजे सुरु हुँदैछ।

शनिबारेदेखि सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै आयोजना गरिएको यो भेटमा अध्यक्ष ओलीले आफ्नो आगामी कार्ययोजना, नेतृत्वबारेको धारणा र आगामी राजनीतिक रणनीतिबारे सम्पादकसमक्ष खुलस्त राख्ने तयारी गर्नुभएको बताइन्छ।

अर्को कार्यकालका लागि अध्यक्ष बन्ने तयारीमा रहनुभएका ओलीले महाधिवेशनको दिशा, संगठन सुदृढीकरण तथा राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने तयारी गरेका छन् ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह मंसिर २७ गते भक्तपुरको तीनकुने मैदानमा हुनेछ। त्यसपछि हुने बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। महाधिवेशनमा आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १० : १४ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति