हिक भिजन ‘ब्रान्ड’को ‘वार्षिक वितरक भेला २०२५’ चितवनमा « Khabarhub

हिक भिजन ‘ब्रान्ड’को ‘वार्षिक वितरक भेला २०२५’ चितवनमा


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व प्रसिद्ध हिक भिजन ‘ब्रान्ड’को ‘वार्षिक वितरक भेला २०२५’ चितवनको सौराहामा आयोजना हुने भएको छ । 

नेपालको आधिकारी राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालीले यही मङ्सिर २७ गते संयोजन गर्ने भेलालाई  हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक लियोन झिले विशेष सम्बोधन गर्ने छन् ।  

सम्मेलनमा देशभरका हिक भिजन ‘ब्रान्ड’को नेपालको आधिकारी वितरकहरू सहभागी हुने कम्पनीका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले जानकारी दिए । 

उनका अनुसार  वितरक भेलामा सूचना प्रविधिका उद्यमी, वितरक साझेदारले नवीनतम विषय र हिक भिजनका उत्पादनसँग सम्बन्धित ‘फ्रेन्ड्लि सफ्टवेयर’का बारेमा जानकारी लिन सक्ने छन् । 

भेलामा आगामी सन् २०२६ को योजना, सन् २०२५ को समीक्षा र सन् २०२४ को डिलर पार्टनको तर्फबाट उत्कृष्ट दश डिलरलाई सम्मान तथा अन्य डिलरलाई सम्मान गरिने उनले बताए । 

म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालीका सञ्चालक समितिका अध्यक्ष एवम् कार्यकारी निर्देशक मणिकुमार तामाङले हिक भिजन ‘ब्रान्ड’ उपकरण विश्वासिला, गुणस्तरीय र भरपर्दो रहेका बताए । उनले भने, ‘हिक भिजन ‘ब्रान्ड’ उत्पादनको वार्षिक वितरक भेलाले आगामी दिनमा यसको प्रवर्द्धन गर्न सहयोग मिल्नेछ ।’

हाल हिक भिजन चीनबाट उत्पादित सिसिटिभी सर्भिलेन्स  सम्बन्धी सम्बन्धी सिरिज घरयासी प्रयोजनदेखि पसल अफिस, विद्यालय, सभाहल टोल सार्वजनिक स्थल लगायत आदिमा प्रयोग गर्न मिल्ने क्षमताको सिसिटिभी, हाजिरी उपस्थिति उपकरण, स्मार्ट इन्टरआक्टिभ बोर्ड, लक सिस्टक, गेट ब्यारिअर, अलार्म सिष्टम, फायर स्मोक लगायतका डिटेक्टर सिष्टम, अण्डर भेहिकल सर्भिलियन्स सिष्टम एक्सर मेसिन लगायत उपकरण छन् । 

कार्यकारी निर्देशक तामाङलले भने, ‘हिक भिजन चीनबाट उत्पादित उपकरण ,सरसमान नेपालको विभिन्न  स्थानबाट अधिकारी बिक्रेता मार्फत ‘स्टलेशन’ को सुविधा सहित प्राप्त गर्न सकिने छ ।’ रासस
 

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ११ : ५५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन