हिक भिजन ‘ब्रान्ड’को ‘वार्षिक वितरक भेला २०२५’ चितवनमा « Khabarhub

हिक भिजन ‘ब्रान्ड’को ‘वार्षिक वितरक भेला २०२५’ चितवनमा


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व प्रसिद्ध हिक भिजन ‘ब्रान्ड’को ‘वार्षिक वितरक भेला २०२५’ चितवनको सौराहामा आयोजना हुने भएको छ । 

नेपालको आधिकारी राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालीले यही मङ्सिर २७ गते संयोजन गर्ने भेलालाई  हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक लियोन झिले विशेष सम्बोधन गर्ने छन् ।  

सम्मेलनमा देशभरका हिक भिजन ‘ब्रान्ड’को नेपालको आधिकारी वितरकहरू सहभागी हुने कम्पनीका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले जानकारी दिए । 

उनका अनुसार  वितरक भेलामा सूचना प्रविधिका उद्यमी, वितरक साझेदारले नवीनतम विषय र हिक भिजनका उत्पादनसँग सम्बन्धित ‘फ्रेन्ड्लि सफ्टवेयर’का बारेमा जानकारी लिन सक्ने छन् । 

भेलामा आगामी सन् २०२६ को योजना, सन् २०२५ को समीक्षा र सन् २०२४ को डिलर पार्टनको तर्फबाट उत्कृष्ट दश डिलरलाई सम्मान तथा अन्य डिलरलाई सम्मान गरिने उनले बताए । 

म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालीका सञ्चालक समितिका अध्यक्ष एवम् कार्यकारी निर्देशक मणिकुमार तामाङले हिक भिजन ‘ब्रान्ड’ उपकरण विश्वासिला, गुणस्तरीय र भरपर्दो रहेका बताए । उनले भने, ‘हिक भिजन ‘ब्रान्ड’ उत्पादनको वार्षिक वितरक भेलाले आगामी दिनमा यसको प्रवर्द्धन गर्न सहयोग मिल्नेछ ।’

हाल हिक भिजन चीनबाट उत्पादित सिसिटिभी सर्भिलेन्स  सम्बन्धी सम्बन्धी सिरिज घरयासी प्रयोजनदेखि पसल अफिस, विद्यालय, सभाहल टोल सार्वजनिक स्थल लगायत आदिमा प्रयोग गर्न मिल्ने क्षमताको सिसिटिभी, हाजिरी उपस्थिति उपकरण, स्मार्ट इन्टरआक्टिभ बोर्ड, लक सिस्टक, गेट ब्यारिअर, अलार्म सिष्टम, फायर स्मोक लगायतका डिटेक्टर सिष्टम, अण्डर भेहिकल सर्भिलियन्स सिष्टम एक्सर मेसिन लगायत उपकरण छन् । 

कार्यकारी निर्देशक तामाङलले भने, ‘हिक भिजन चीनबाट उत्पादित उपकरण ,सरसमान नेपालको विभिन्न  स्थानबाट अधिकारी बिक्रेता मार्फत ‘स्टलेशन’ को सुविधा सहित प्राप्त गर्न सकिने छ ।’ रासस
 

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ११ : ५५ बजे

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी

काठमाडौं महानगरले टुँडिखेलको दक्षिण चउरमा ‘बरमुढा ग्रास’ रोप्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक