‘महिलाको हक, अधिकार स्थापित गराउन मङ्गलादेवीको महत्वपूर्ण भूमिका’ « Khabarhub

‘महिलाको हक, अधिकार स्थापित गराउन मङ्गलादेवीको महत्वपूर्ण भूमिका’


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकार स्थापित गराउन स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

प्रजातान्त्रिक आन्दोलनको प्रथम महिला नेत्री मङ्गलादेवी सिंहको १००औँ जन्मजयन्तीका अवसरमा नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला शाखाले आज मङ्गलादेवी पार्कमा बुद्धनगरमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपाली महिलाहरूको हक, अधिकारका लागि मङ्गलादेवीको उल्लेख्य योगदान रहेको धारणा राखे ।

नेता सिंहले महिलालाई मताधिकार हुनुपर्छ भनेर मङ्गलादेवीले आवाज उठाएकाले महिलाहरूले पनि मतदान गर्न पाउने अधिकार पाएको स्मरणसमेत गरे। ‘महिलालाई मताधिकारको प्रयोग गर्न दिनेदेखि पढ्न पाउनुपर्ने माग मङ्गलादेवी कै कारण पूरा भएको हो,’ उनले भने।

नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेत्री मङ्गलादेवीको १००औँ जन्मजयन्तीको अवसरमा वर्षभरी विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने कार्यक्रम रहेको महिला सङ्घ काठमाडौँकी अध्यक्ष विष्णुदेवी पुडासैनीले जानकारी दिए ।

मंगलादेवीको योगदानको बारेमा विशेष गरेर नेपाली महिलाको हक, अधिकार मात्र नभई नेपाली जनताको प्रजातान्त्रिक अधिकार दिलाउने सन्दर्भमा पनि उनले गरेको सङ्घर्षलाई पुनः ताजगी गर्नका लागि विभिन्न कार्यक्रम आयोजना गरिने पुडासैनीले जानकारी दिए ।
 

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १२ : २२ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४