जलेको संसद् भवन पुगेर पूर्वराष्ट्रपति भण्डारीले भनिन्- दुख लाग्यो « Khabarhub

जलेको संसद् भवन पुगेर पूर्वराष्ट्रपति भण्डारीले भनिन्- दुख लाग्यो


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको नयाँ बानेश्वरस्थीत संघीय संसद् भवनको अवलोकन गरेकी छन् ।

बिहीबार पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट जलेर नष्ट भएको नयाँबानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गरेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद् भवनमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए ।

संसद् भवनको अवलोकन गरे पनि भण्डारीले आफूलाई संसद् भवनको अवस्था देखेर दुःख लागेको संक्षिप्त प्रतिक्रिया दिइन् ।

जेन-जी आन्दोलनका क्रममा संसद् भवनसहितका संरचनामा आगजनी र तोडफोड हुँदा ठूलो क्षति भएको थियो । 

ध्वस्त भएको नयाँ बानेश्वरस्थीत संघीय संसद् पुननिर्माणमा भन्दा पनि सरकारले सिंहदरबारमा निर्माणाधीन संसद् भवनबाटै काम सुरु गर्ने गरी तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १ : ३६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन