सीमा विवाद र अमेरिकी शुल्क वृद्धिका कारण कम्बोडियाको आर्थिक वृद्धि सुस्त : विश्व बैङ्क « Khabarhub

सीमा विवाद र अमेरिकी शुल्क वृद्धिका कारण कम्बोडियाको आर्थिक वृद्धि सुस्त : विश्व बैङ्क


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

न्होम्पेन- सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धिमा बाधा पुर्याएको विश्व बैङ्कको आर्थिक प्रतिवेदनले जनाएको छ । कम्बोडियाको अर्थतन्त्र सन् २०२५ मा ४.८ प्रतिशतले बढ्ने अनुमान विश्व बैङ्कले गरेको थियो जुन सन् २०२४ मा ६ प्रतिशत थियो ।

सम्पत्ति बजार मन्दीले घरेलु माग र निर्माण गतिविधिलाई कमजोर बनाएको तथा सीमा तनावले श्रम बजार र पर्यटनलाई अवरुद्ध गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । गत अगस्ट –१ मा, संयुक्त राज्य अमेरिकाले कम्बोडियाबाट आयात गरिएका सबै सामानहरूमा १९ प्रतिशत शुल्क लगाएको थियो ।

“कम्बोडियाले संयुक्त घरेलु र बाह्य कारणहरू बिच एक चुनौतीपूर्ण अवधिमा यात्रा गरिरहेको” कम्बोडियाका लागि विश्व ब्याङ्ककी कन्ट्री म्यानेजर तानिया मेयरले बताएकी छिन् ।

उनले व्यापार वातावरण सुधार गरी अनौपचारिक उद्यमहरूलाई समर्थन गर्न र रोजगारी सिर्जना गर्न अत्यावश्यक रहेको बताइन् । प्रतिवेदनका अनुसार कम्बोडियाको अन्तर्राष्ट्रिय भण्डारको अवस्था सामान्य छ भने लगभग ७.५ महिनाको आयातलाई समेटेको छ ।

यसै गरी सार्वजनिक ऋण घरेलु उत्पादन (जीडीपी) को लगभग २६ प्रतिशत भन्दा कम छ । यस वर्ष मुद्रास्फीति औसत २.७ प्रतिशतमा रहेको र विदेशी प्रत्यक्ष लगानी प्रवाह २८.४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १ : ५३ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको