ओलीको चुनौती : १४१ वटा पार्टी मिलेर कांग्रेस-एमालेसँग लड्न आए हुन्छ « Khabarhub

ओलीको चुनौती : १४१ वटा पार्टी मिलेर कांग्रेस-एमालेसँग लड्न आए हुन्छ


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका अन्य १४१ वटा दलहरूलाई आफूहरूसँग लड्न चुनौती दिएका छन् ।

बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङको उज्यलो नेपाल, हर्क साम्पाङको श्रम संस्कृति पार्टीसहितलाई यस्तो चुनौती दिएका हुन् ।

‘अहिले निर्वाचन आयोगमा १४३ वटा दर्ता भएछन् । यति धेरै दल केका लागि आएका हुन् ?’, उनले भने, ‘सम्पादकमा असफल भएपछि दल खोल्ने, अन्त केही गर्न नसकेपछि दल खोल्ने चलन अहिले चलेको छ ।’

उनले अहिले आयोगमा दर्ता भएका दलहरू सबै मिलेर लड्न आए आफूहरू तयार रहेको बताए । ओलीले मंसिर १९ गते कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण र राजनीतिक सन्देश दिने गरी संवाद भएको बताए ।

‘देउवाजीसँग गम्भीर र अर्थपूर्ण संवाद भएको छ। यसको राजनीतिक सन्देश विस्तारै बाहिर आउँछ’, उनले भने, ‘देश बनाउने नेपाली कांग्रेस र एमाले छँदैछन् । यति धेरै दल के का लागि चाहिएको हो ? दर्ता भएका १४१ दल मिलेर कांग्रेस-एमालेसँग लड्न आए हुन्छ । हामी सामना गर्न तयार छौँ ।’

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १ : ५३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन